निक्षेपमा ब्याजदर बढेमात्र लगानीको वातावरण बढछ
काठमाडौं । बैंक तथा वित्तिय क्षेत्रमा अत्याधिक मात्रामा रहेको तरतला कम हुन थालेको संकेत मिलेको छ । हुन त दसैंको चाडपर्व भएर पनि निक्षेप बचतकर्ताहरूले घर खर्च गर्न अहिले केही रकम झिकेर निक्षेप कम भएको पनि हुन सक्छ। विगत एक वर्षदेखि अधिक मात्रामा रहेको तरलता अहिले कम हुँदै जान थालेको पाइएको छ । नेपाल राष्ट्र बैंकले तरलताको मात्रा हेरी आवश्यक मात्रामा प्रशोचन तथा प्रवाह गर्न खुला बजार कारोबार गर्दै आएको छ । जसअनुसार अधिक तरलता खिच्न स्थायी निक्षेप सुविधा र नियमित निक्षेप संकलन गर्ने गर्छ । तर, पछिल्लो समय यस्तो प्रक्रियामा बैंकहरुको सहभागिता घटेको कारण बजारमा अधिक तरलता कम हुँदै भएको हो कि भन्ने अनुमान गर्न थालिएको छ ।
यो असोज महिनामा राष्ट्र बैंकले परिस्थिति हेरि तीन पटक नियमित निक्षेप संकलन गर्ने गरी बोलकबोल आह्वान गरेको थियो । कुल ७५ अर्ब रुपैयाँ निक्षेप संकलनका निमित्त आह्वान गरेकोमा बैंकहरुले ४० अर्ब १० करोड रुपैयाँ बराबरमात्र नगद राख्ने इच्छा व्यक्त गरेका छन । राष्ट्र बैंकले पनि उनीहरुले कबोल बराबर नै निक्षेप संकलन गरी तरलता खिच्यो । हुन त दसैंमा धेरैले निक्षेप झिक्ने हुँदा यो महिना बढी नै तरलता राख्ने महिना पनि हो। त्यसअघि भदौ ३१ गते पनि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्न कबोल माग गरेकामा २७ अर्ब १५ करोडको मात्र कबोल परेको थियो । राष्ट्र बैंकले आह्वान गरेको आधा रकमको पनि आवेदन नपर्नुले अधिक तरलताको मात्रा घटेको हुन सक्ने अर्थविदहरूको विश्लेषण छ ।
नियमित निक्षेप संकलन मात्र होइन,अन्तर बैंक ब्याजदरलाई तीन प्रतिशत भन्दा तल जान नदिन राष्ट्र बैंकले प्रदान गर्ने गरेको स्थायी निक्षेप सुविधा लिने क्रम पनि गत महिनादेखि घटेको देखिन्छ । गत भदौ महिनासम्म बैंकहरुले हरेक दिन डेढ खर्ब रुपैयाँभन्दा बढीको स्थायी निक्षेप सुविधा लिने गरेका थिए । तर यो असोज लागेपछि दैनिक ४० अर्बभन्दा कममा झरेको देखिन्छ।
गत भदौ ३१ गते बैंकहरुले साढे ६६ अर्बको स्थायी निक्षेप सुविधा लिएकामा असोज ४ गते साढे ४७ अर्ब, असोज ६ गते ३४ अर्ब ३५ करोड, असोज ८ गते ३६ अर्ब ३० करोड, असोज १० गते ४१ अर्ब ७० करोड र असोज १३ गते ४६ अर्ब ९० करोड रुपैयाँको सुविधा लिएको तथ्यांक देखिन्छ । यता असोज १३ को तथ्यांक अनुसार बैंकिङ प्रणालीमा ७८ अर्ब रुपैयाँ अधिक तरलता रहेको पाइएको छ । कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले गरेको सहजीकरणले प्रणालीमा तरलता कम हुन थालेको छ । तरलता घट्दै गएको प्रमाण स्थायी निक्षेप सुविधा लिने क्रममा कमी र बोलकबोलबाट निक्षेप संकलन गर्दा पर्ने कबोलको परिमाणले पनि देखाएको छ ।
आर्थिक वर्ष २०८१र८२ सुरु हुँदा एसडीएफमा बैंकहरुले एक दिन बिराएर करिब पौन ४ खर्ब रुपैयाँसम्म राख्ने गरेका थिए । यसैगरी बोलकबोलमार्फत् निक्षेप संकलन गर्दा बैंकहरुले राष्ट्र बैंकले माग गरे भन्दा दोब्बरसम्मको कबोल गर्ने गरेकामा अहिले त्यो माग आधामा झरेको देखिन्छ । राष्ट्र बैंकले ब्याजदर कोरिडोरको तल्लो सीमा तीन प्रतिशतभन्दा तल जान नदिन एसडीएफ सुविधा दिदै आएको छ । अन्तर बैंक कारोबार निकै तल जाँदा बैंकको ब्याजदर पनि घट्ने भएकाले ब्याजदरलाई बान्छित सीमाभित्र राख्न राष्ट्र बैंकले यस्तो सुविधा दिदै आएको छ । यो सुविधाले बैंकहरुलाई अन्तर बैंक कारोबार गर्नुभन्दा राष्ट्र बैंकमा पैसा राख्न प्रोत्साहन मिल्दछ । एसडीएफमा पैसा राख्दा राष्ट्र बैंकले तीन प्रतिशत ब्याज दिन्छ । तसर्थ, सो दरभन्दा कममा अन्तरबैंक कारोबार गर्न बैंकहरुलाई निरुत्साहन गर्दछ।
यसैगरी एडीएफमा राखेको रकम भन्दा थप अधिक तरलता रहेको खण्डमा बैंकहरुले राष्ट्र बैंकले आह्वान गरेअनुसार बोलकबोलमा निक्षेप राख्ने गर्दछन । यसरी बोलकबोलमा निक्षेप संकलन गर्दा ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुने गर्दछ। राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत भदौ ५ गते यता अन्तर बैंक ब्याजदर तीन प्रतिशत कायम रहेको छ । पछिल्लो असार १८ गतेदेखि सेयर बजार,अटो कर्जा र घर जग्गा कर्जा बढ्दा तरलता घट्न थालेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म पनि तरलताभएपनि कर्जा प्रवाह गर्ने क्षमता नभएका कारण बैंकमा अत्याधिक तरलता थुप्रिएको थियो । देशमा देखिएको आर्थिक मन्दी र खराव कर्जा प्रतिशत बढदा पनि बैंकहरूले ठुलो कर्जा प्रवाह गर्न सकिरहेका छैनन। राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत असार मसान्तमा बैंकहरुको कर्जा निक्षेप अनुपात ७९।३७ प्रतिशत थियो । यसैगरी प्राथमिक पुँजी अनुपात १०।१० प्रतिशत रहेका कारण धेरै बैंकहरुसँग अत्याधिक कर्जा प्रवाह गर्ने क्षमता थिएन ।
अहिले सीडी रेसियो ७८।८० प्रतिशत रहेको छ । तर, स्थायी निक्षेप सुविधा र नियमित निक्षेपमा उनीहरुको सहभागिताले बैंकमा यो अनुपात घट्ने संकेत गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् कर्जा वृद्धिको उपायस्वरुप विभिन्न उपाय अबलम्बन गरेपछि पछिल्लो समय कर्जाको प्रवाह बढेको देखिन्छ । कर्जा माग बढदै जादा निक्षेप बढाउन बैंक तथा वित्तिय संस्थाहरूले ब्याज दर बढाएर निक्षेप तान्न खोज्छन। लगानी बढाउन तरलता अधिक हुनु पर्दछ। पहिला तरलता अभावको समस्या थियो,कोरोनापछि निक्षेप बढयो,लगानी पनि बढयो। तर रूस( युक्रेन युद्व, हमास(इजरायल युद्व आदि कारणले विश्वमै आर्थिक मन्दी भएपछि नेपालमा पनि त्यसको प्रभाव पर्यो। सुरूमा मूल्य वृद्वि भयो। अमेरिकी डलरको मूल्य बढदा नेपाली रकम अवमूल्यन भयो। यसले आयातित इन्धन, अन्यवस्तु र सामाग्रीको मूल्य बढायो। तर अहिले अमेरिकी डलरको मूल्य बढिरहेपनि पेट्रोलियम पदार्थको मूल्य घटदा ढुवानी भाडा सस्तो भएर बजारमा सुनचाँदी बाहेकका सामाग्री र वस्तुको मूल्य त्यति बढेको छैन,स्थिर नै छ।
बैंकमा तरलताको उपलब्धता छताछुल्लको स्थितिबाट केही कसिलो हुँदै गर्दा ब्याजदर बढ्नेछ । राष्ट्र बैंकले दिने एसडीएफ र निक्षेपको बोलकबोलमा बैंकहरुको सहभागिता कम भए बैंकहरुले तीन प्रतिशतभन्दा बढीमा अन्तर बैंक कारोबार गर्नेछन् । साथै तरलता कम भए पछि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर बढाएर सर्वसाधारणबाट बढी निक्षेप आकर्षित गर्नेछन् । यसरी कोषको लागत बढदा कर्जाको ब्याजदर पनि बढ्न थाल्ने अनुमान गर्न सकिन्छ । घट्दै गएको तरलताको मात्राले तत्कालै ब्याजदर नबढाउने भए पनि एक( दुई महिनापछि अर्थात आगामी पुस महिनादेखि ब्याजदर बढ्ने अनुमान लगाउन सकिन्छ। ब्याजदर बढ्ने अनुमान बैंकहरुले ब्याजदर घटाउन नचाहेकाले पनि संकेत गर्दछ । यो असोज महिनाका लागि १० वटा वाणिज्य बैंकहरूले मात्र ब्याजदर घटाएर नयाँ दर प्रकाशन गरेका थिए,भने १० वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका थिए । भदौको लागि ब्याजदर प्रकाशन गर्दा १२ बैंकले अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका थिए । देशमा लगानीको बातावरण बन्न पनि मुद्दती निक्षेपमा ९ प्रतिशत र कर्जा लगानीमा १२ प्रतिशत ब्याज दर हुन आवश्यक छ। अहिले निक्षेपमा ब्याजदर घटदा यो रकम भारततिर पलायन भएको छ। भारतमा साधारण बचतमा पनि ५ प्रतिशत ब्याज दर छ। यो ब्याजदर भनेको नेरू ८ प्रतिशत हो। त्यसैले सानादेखि ठुला माडवारी व्यापारीहरूले नगद भारत लगेर यो मन्दीमा राम्रो निक्षेप ब्याज आम्दानी गरेको आशंका छ।
नेपालका सहकारीहरूले बैंक तथा वित्तीय संस्थाहरूले भन्दा साधारण निक्षेप र मुद्दती निक्षेपमा ५(७ प्रतिशत बढी ब्याज दिदै आएका थिए,तर सहकारीहरूमा बचत अपचलन र ठगीको समस्या देखिएपछि सहकारीहरूमा पनि अहिले ठुलो निक्षेप रहन छाडेको छ। ब्याजदर पनि बैंक तथा वित्तिय संस्थाहरूकै हाराहारीमा दिन थालेपछि त्यहाँपनि विश्वासको कमीले निक्षेप घटेको छ,ठुलो परिणाममा निक्षेप राख्नेहरूले पनि निक्षेप झिकेर बैंक तथा वित्तिय संस्थाहरूमा राख्न थालेका छन। एकातिर नियमित बचत रकम सहकारीले ठग्छन भनेर उठन छाडेको,अर्कोतिर सदस्यहरूले अविस्वास गर्दै ठुलो बचत रकम झिकेका र लगानी गरिएको कर्जा आर्थिक मन्दीले नउठदा सहकारी संस्थाहरूमा अकस्मात मौद्रिक तरलतामा सन्तुलन बिग्रिएको छ, कतिपय सहकारीका पदाधिकारी र सञ्चालकहरूले घरजग्गा,सेयर,सपिङमल,हाउजिङ,सवारी साधन लगायतमा लगानी गरेको र ती व्यापार ( व्यवसायमा मन्दी आउदा कर्जा उठन नसकि सहकारी संस्थाहरूमा ठुलो समस्या आएको देखिन्छ ।