stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

ग्लोबल आइएमई अवकाश कोषका योगदानकर्तालाई रकम स्थानान्तरण गर्न आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा सञ्चालित ग्लोबल आइएमई अवकाश कोषले कोषमा आबद्ध रहेका संघ, संस्था तथा योगदानकर्तालाई स्वीकृत प्राप्त अन्य अवकाश कोषमा रकम स्थानान्तरण गर्न १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

कोषले आर्थिक ऐन, २०८२ को व्यवस्थाअनुसार आगामी असार मसान्तभित्र सबै योगदानकर्ताहरू अनिवार्य रूपमा कानुनले मान्यता दिएका अवकाश कोषमा आबद्ध हुनुपर्ने जनाएको छ।

यसअन्तर्गत कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष वा निवृत्तिभरण कोषअन्तर्गत सञ्चालित अवकाश कोषमा रकम स्थानान्तरण गर्न सकिने व्यवस्था रहेको छ।

योगदानकर्ताले ग्लोबल आइएमई अवकाश कोषमा जम्मा गरेको रकम र त्यसमा प्राप्त प्रतिफल असार मसान्तभित्र अन्य स्वीकृत अवकाश कोषमा हस्तान्तरण गरेमा उक्त रकममा अग्रिम करकट्टी नलाग्ने बताएको छ।

कोषले यसअघि पनि विभिन्न संघसंस्थालाई रकम स्थानान्तरणका लागि पत्राचार गरेको जनाएको छ। केही संस्थाले रकम स्थानान्तरण गरिसके पनि धेरै संस्थाले हालसम्म आवश्यक प्रक्रिया अघि नबढाएको कोषको भनाइ छ।

कोषमा आबद्ध संघसंस्थालाई आफू आबद्ध हुन चाहेको कुनै एक अवकाश कोष छनोट गरी आवश्यक कागजातसहित रकम स्थानान्तरणको अनुरोध १५ दिनभित्र अनामनगरस्थित कोषको कार्यालय वा आधिकारिक इमेलमार्फत पठाउन आग्रह गरिएको छ।

निर्धारित अवधिभित्र सम्बन्धित संस्था वा योगदानकर्ताबाट कुनै जानकारी प्राप्त नभएमा आर्थिक ऐन, २०८२ को व्यवस्था अनुसार कोष सञ्चालक समितिले निर्णय गरी योगदानकर्ताको नाममा रहेको रकम र सापटी रकमसमेत कुनै एक स्वीकृत अवकाश कोषमा स्वतः स्थानान्तरण गरिने ग्लोबल आइएमई अवकाश कोषले जनाएको छ।

prabhu mahalaxmi
kumari