stcnepal long ad
ime life insurance
national life
global ime bank long

उद्योग वाणिज्य महासंघद्वारा अर्थमन्त्री वाग्लेसँग बजेटबारे ‘नीति संवाद’ कार्यक्रम आयोजना हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले संघीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा ‘नीति संवाद’ कार्यक्रम आयोजना गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका व्यवस्था तथा निजी क्षेत्रका सरोकारका विषयमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

लाजिम्पाटस्थित र्‍याडिसन होटेलमा भोलि आयोजना हुने कार्यक्रममा महासंघका सम्पूर्ण सदस्य संघसंस्थाहरूलाई सहभागिताका लागि आह्वान गरिएको महासंघका निर्देशक केदारराज क्षेत्रीले जानकारी दिएका छन्।

उनका अनुसार वर्तमान आर्थिक परिदृश्य र नयाँ बजेटले निजी क्षेत्रमा पार्ने प्रभाव, कर संरचना तथा लगानीमैत्री वातावरणका विषयमा अर्थमन्त्रीसँग प्रत्यक्ष छलफल गरिनेछ। बजेटपछि निजी क्षेत्रका उद्योगी, व्यवसायी र लगानीकर्तामाझ देखिएका अस्पष्टता हटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ।

महासंघले पूर्वअध्यक्षहरू, निवर्तमान अध्यक्ष, प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा कार्यकारिणी समिति सदस्यहरूलाई समेत कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको छ।

नयाँ बजेटका नीति तथा कर व्यवस्थामाथि निजी क्षेत्रको साझा धारणा निर्माण गर्ने र सरकार–निजी क्षेत्र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रमलाई महत्त्वपूर्ण रूपमा लिइएको महासंघले जनाएको छ।

IME Lifesidebar
kumari