stcnepal long ad
ime life insurance
national life
global ime bank long

विदेशी विनिमय अपचलन कसुरमा पौडेल दम्पती विरुद्ध मुद्दा दायर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशी विनिमय अपचलन कसुरमा पौडेल दम्पतीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । पौडेलले गरेको अवैध विदेशी मुद्राको कारोबारमा बस्नेतको संलग्नता देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ रुपैयाँ २० पैसा बिगो कायम गरी कानून बमोजिम ३ गुणाले हुने बिगो १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार ४ सय ५९ रुपैयाँ समेत सजाय हुन मागदावी लिई अदालतमा मुद्दा दायर गरेको हो ।

यसै गरी बस्नेतलाई फरार कायम गरी १ करोड ५२ लाख ७० हजार ७ सय ४० रुपैयाँ बिगो कायम गरी ४ करोड ५८ लाख १२ हजार २२ रुपैयाँ सजाय हुन मागदावी लिई अदालतमा मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

पौडेलले गैरकानूनी रूपमा नेपाल राष्ट्र बैंककको अनुमतिरस्वीकृति नलिई विदेशी बैंकमा खाता खोली रकम जम्मा गर्ने, उक्त रकम श्रीमती लगायतको नाममा विदेशी बैंकमा जम्मा गर्ने र विदेशमा रहेका बैंक खातामा विभिन्न व्यक्तिबाट रकम जम्मा भएकोरगराएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

IME Lifesidebar
kumari