नयाँ बर्षसँगै नयाँ उमङ्ग र नयाँ उत्साह थपियाेस

२०८१ साल सकिएर आजबाट सबैकाे घर आगनमा नयाँ वर्ष २०८२ काे आवागमन भएकाे छ। नयाँ वर्षले सबैमा नयाँ उमङ्ग र नयाँ उत्साह थपेकाे छ। गत वर्ष देशकाे आर्थिक विकास,उत्पादन वृद्वि,राेजगारी सिर्जना,निकासी वृद्वि,सुशासन कायम र राजस्व संकलनमा खासै उपलब्धिपुर्ण वर्ष भएन। तर रेमिट्यान्स र वैदेशिक मुद्रा सञ्चितिमा भने सकारात्मक उपलब्धिकाे वर्षकाे रूपमा रहयाे। ठुला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) काे गठबन्धनमा सरकार बनेकाले सरकार केही स्थिर भएकाे छ। कर्मचारी प्रशासनले केही सुधारकासाथ सेवा प्रवाह गरेकाे अवस्था छ। वर्षकाे अन्तिमतिर चैत्र १५ गते काठमाडौंकाे तिनकुनेमा भएकाे राजावादीहरूकाे आन्दोलन ताेडफाेड, आगजनी, लुटपाट र हिंसामा परिणत हुँदा ठुलाे धनजनकाे क्षती भयाे। त्यसबाट दुई जनाकाे निधन,२० जना गाेली लागेर घाइते र ३४ कराेड भन्दा बढीकाे सम्पत्ति क्षती भयाे।
नियाेजित रूपमा निजी क्षेत्रमाथि आन्दोलनकारीबाट आक्रमण गरि भाैतिक सम्पत्तिमा ठुलाे क्षति पुराउने काम भयाे। यस्ताे दु:खदायी घटनाले नीजि क्षेत्र पिडित बनेका छन। अर्काेतिर ताप्लेजुङकाे पाथिभरा मन्दिर जान सहज हुनेगरि नीजि क्षेत्रकाे लगानीमा बनाउन लागिएकाे पाथिभरा केवलकार निर्माणमा अवराेध गरियाे। त्यसक्रममा भएकाे झडपमा दर्जनाै घाइते भए। याे घटनाले पनि निजी क्षेत्र समस्यामा परेकाे छ।विकास,निर्माण,उत्पादन,सेवा र व्यवसायमा निजी क्षेत्रलाई यसरी जताततै हताेत्साही हुनुपर्ने अवस्था आएकाे छ। यसले देशमा विकास र समृद्विकाे बाटाेलाई अवरूद्व गर्छ,लगानी भित्रिन राेक्छ। याे कुरालाई सबैले ध्यान दिन आवश्यक छ।
विगतमा माओवादी द्वन्द्व,मधेस आन्दोलन र विभिन्न जातीय,क्षेत्रिय,लैङिक,पेशा व्यवसायका आन्दोलन र बन्द,हडतालले मुलुककाे निजी क्षेत्र आक्रान्त भएकाे थियाे। २०७२ सालमा संविधान बनेर २०७४ मा स्थानीय तह,प्रदेश र संघीय संसदकाे निर्वाचन र सरकार गठन भएपछि देशमा राजनीतिक रूपमा शान्ति छाएकाे थियाे। स्थानीय,प्रदेश र संघिय सरकारले देश विकास र समृद्विका लागि आधारशिला तयार पार्दै गएकाे अवस्थामा फेरि देश अचानक अर्काे राजनीतिक परिवर्तनकाे माग गरि आन्दोलनकाे दुस्चक्रम पर्न थालेकाे छ।
यसले फेरि आन्दोलन,बन्द,हडताललाई प्रश्रय दिन थालेकाे छ। त्यसकाे मारमा उद्यमी,व्यवसायी र पेशाकर्मीहरू पर्न थालेका छन। अब राजनीतिक मुद्दा सडक संघर्षबाट हैन,संसदमा दुई तिहाइ मत ल्याएर संविधान संशाेधन गर्दै गर्नु पर्दछ। सडक अवराेध,बन्द,हडताल,ताेडफाेड,आगजनी र हत्या,हिंसाकाे मार्ग अबलम्बन गर्ने हाे भने मुलुक फेरि २०/३० वर्ष पछाडि धकेलिन सक्छ। अब देशमा कृषि उत्पादन वृद्वि गर्ने,देशलाई कृषि उत्पादन र खाद्यान्न, माछा, मासु, तरकारी, फलफुल, गेडागुडी,चिनी,खानेतेल,दूध,अण्डा र ड्राइफुडमा आत्मनिर्भर बनाउने उत्पादन क्रान्तिकाे खाँचाे छ।
त्यसैगरि उज्यालो नेपाल निर्माण गर्ने गरि आगामी १० वर्षमा कम्तिमा २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उर्जा उत्पादन क्रान्तिकाे आवश्यकता छ। यसैगरि कृषि उद्याेग, स्वदेशी कच्चापदार्थमा आधारित उद्याेग, दैनिक उपभाेग्य सामाग्री उत्पादन उद्याेग,पर्यटन प्रवर्द्वन उद्याेग र हस्तकलाका सामाग्री उत्पादन र निर्यात बढाउने क्रान्ति गर्न आवश्यक छ। त्यसैले अब राजनीतिक हैन, सबै नेपाली मिलेर आर्थिक क्रान्ति पूरा गर्न स्वदेशी उत्पादन बढाउने क्रान्न्तिमा लागाैं। यसबाट मात्रै हाम्राे आर्थिक जिवनस्तर माथि उठन सक्छ,हामी धनी र सम्पन्न हुन सक्छाै।
लाेकतन्त्रपछि देशमा धेरै विकास भएकाे छ। तराई मधेसकाे दक्षिणी क्षेत्रलाई समेटेर पुर्व- पश्चिम हुलाकी राजमार्ग, चुरे क्षेत्रलाई समेटेर पुर्व- पश्चिम मदन भण्डारी राजमार्ग, मध्य पहाडी जिल्लालाई जाेडदै पुर्व-पश्चिम पुष्पलाल मध्यपहाडी लाेकमार्ग,उत्तर- दक्षिण जाेडन जाेगमनीदेखि किमाथांकासम्म काेशी करिडाेर,गैडाकाेटदेखि मुस्ताङकाे काेराेलासम्म कालीगण्डकी करिडाेर, कर्णाली प्रदेशमा कर्णाली कडिराेड बनेका छन। काठमाडौं – निजगढ फाष्ट ट्रयाक,नाैबिसे- नागढुंगा सुरूङमार्ग द्रुत गतिमा बन्दैछ। अहिले पुर्व- पश्चिम महेन्द्र राजमार्ग,पृथ्वीराजमार्ग,सिद्वार्थ राजमार्गका विभिन्न खण्ड विस्तार हुँदैछ। यही नयाँ बर्ष २०८२ भित्र सम्पन्न नागढुंगा सुरुङ मार्ग सञ्चालनमा आउदैछ। यही नयाँ बर्ष भित्र सम्पन्न मुङलिन- पोखरा,नारायणगढ- बुटवल,नाैबिसे- मुङलिन सडक चार लेनकाे सडकका रूपमा विस्तार सम्पन्न हुने अपेक्षा गरिएकाे छ। यही बर्ष भित्र किर्तिपुरकाे क्रिकेट मैदानमा प्यारापेट निर्माण,फर्ल्ड लाइट जडान, चितवन क्रिकेट रंगशाला , भैरहवा क्रिकेट रंगशाला निर्माण सम्पन्न हुनेछन। यही वर्ष भित्र बिराटनगर ,भरतपुर र नेपालगन्जमा नयाँ हवाई टर्मिनल भवन निर्माण सम्पन्न हुनेछन। यही वर्ष भित्र करिव ७ सय देखि एक हजार मेगावाट सम्म थप विद्युत उत्पादन हुनेछ। भैरहवा र पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछन। साथै अपेक्षा गरौ कि यही वर्ष भित्र वार्षिक १५- २० लाख पर्यटक हवाई मार्गबाट भित्राउन सकियाेस।
यही वर्ष देखि क्रमश: देश कृषि उत्पादनमा आत्मनिर्भर हुँदै जानेछ। सरकारले कृषि उत्पादन वृद्वि गराउन सुनकाेशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयाेजना र भेरी बंबई डाइभर्सन बहुउद्देश्यीय आयाेजनाकाे बाँध युद्वस्तरमा निर्माण सुरू गर्नेछ। धनुषा,महाेत्तरी,सर्लाही,राैतहट,बारा,बाँके र बर्दियामा नहर निर्माण बनाउन सुरू गर्नेछ सिक्टा सिंचाई आयाेजना,रानी जमरा कुलेरिया,महाकाली सिंचाई आयाेजनाकाे नहर निर्माणकाे बाँकी काम पनि भटाभट निर्माण सुरू हुनेछ। यही वर्षबाट ओैद्याेगिक क्षेत्र र सेज निर्माणकाे बाँकी काम थालनी हुनेछ।
यही बर्षदेखि घौवाजी फलाम खानीको कम्पनी दर्ता र पिपिए मोडलको ढाँचा तयार गरेर फलाम उत्खननकाे काम सुरू हाेस। यही वर्षदेखि बिद्युत प्रसारण लाईन निर्माणमा नीजि क्षेत्रलाई सहभागी गराईयोस । यही वर्षदेखि नीजि क्षेत्र पनि अझ ससक्त रुपमा कृषि क्षेत्रमा लागोस । सरकारले पनि किसानलाई कृषिमा आधुनिकीकरण,व्यवसायीकरण प्रविधिकरण तथा यान्त्रिकीकरण गर्न अनुदान सहयाेग गराेस। यही वर्षमै काठमाडौ – तराई द्रुत मार्गको ६०-७० प्रतिशत कार्य पुरा होस। यही वर्षदेखि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरू हाेस। देशको २७ खर्ब ऋृण क्रमश: कम हुँदै जावस । यही वर्ष भित्र देशका सबै दलहरूमा युवा नेतृत्व पाउने बातावरण सिर्जना हुँदै जावस। यही वर्षदेखि अस्थिर राजनीतिको अन्त्य होस ।
देशमा दिगाे शान्ति,राजनीतिक स्थिरता,विकास,सुशासन र समृद्विकाे पहिलाे पाइला सुरू हाेस। नयाँ बर्ष २०७२ को अवसरमा सम्पुर्ण पाठक, विज्ञापनदाता, लेखक, कर्मचारी,सहयाेगी,शुभेच्छुकहरूमा सुख,शान्ति, समृद्वि, सुस्वाथ्य,दिर्घायु र उत्तराेत्तर प्रगतिकाे हार्दिक मगलमय शुभ कामना व्यक्त गर्दछाैं ।