stcnepal long ad
nabil bank
macchha(MBL)

पट्रोलियम पदार्थको मूल्य र एलपी ग्यासको मूल्य फेरि बढयो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले चैत्र २६ गते राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य बढाएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ बढाएको निगमले जनाएको छ ।

मूल्य बढेसँगै पेट्रोलको मूल्य पहिलो वर्गको स्थानमा २१६.५०, दोस्रो वर्गको स्थानमा २१८ र तेस्रो वर्गको स्थानमा २१९ रूपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा २०४.५०, दोस्रो वर्गमा २०६ र तेस्रो वर्गमा २०७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य फुल सिलिन्डर १४।२ केजीको २०१० रूपैयाँ र आधा सिलिन्डरको ७.१ केजीको १००५ रूपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ २५७ रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari