नबिल इन्भेष्टमेन्टका ३ वटै म्युचुअल फन्डको न्याभ र नाफा घट्यो
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डको भदौ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) र नाफा घटेको छ ।
जसमा नबिल ब्यालेन्स्ड फन्ड–२ न्याभ भदौ मसान्तमा १ रुपैयाँ ६५ पैसाले घटेर ११ रुपैयाँ ८७ पैसा कायम भएको छ । साउनमा यस फन्डको न्याभ १३ रुपैयाँ ५२ पैसा थियो ।
यस फन्डले भदौ मसान्तसम्म १ अर्ब ४ करोड १५ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । साउनमा यसले १ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यो फन्डको भदौसम्म बैंक मौज्दात पनि घटेर ७ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।
साउनमा भने यसको बैंक मौज्दातमा ९ करोड ९३ लाख रुपैयाँ रहेको थियो । यसले भदौसम्म कुल ९८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
भदौ मसान्तसम्म फन्ड ११ करोड ५३ रुपैयाँ नाफामा रहेको छ । साउनसम्म यो फन्ड ३० करोड १ लाख ९६ हजार रुपैयाँ नाफामा रहेको थियो ।
नबिल ब्यालेन्स्ड फन्ड–३ को न्याभ भदौ मसान्तमा १ रुपैयाँ ६२ पैसाले घटेर १० रुपैयाँ ९८ पैसा कायम भएको छ । साउनमा यस फन्डको न्याभ १२ रुपैयाँ ६० पैसा थियो ।
यस फन्डले भदौ मसान्तसम्म १ अर्ब १६ करोड रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । साउनमा यसले १ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।
यो फन्डको बैंक मौज्दात पनि ६ करोड १४ लाख रुपैयाँबाट घटेर ४ करोड ७७ लाख रुपैयाँमा झरेको छ । यसले भदौसम्म कुल १०० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
भदौ मसान्तसम्म नबिल ब्यालेन्स्ड फन्ड–३ १३ करोड ४८ लाख रुपैयाँ नाफामा रहेको छ । साउनसम्ममा यो फन्ड ३३ करोड ९८ करोड नाफामा रहेको थियो ।
यस्तै, नबिल फ्लेक्सी क्याप फन्डको न्याभ भदौ मसान्तमा १ रुपैयाँ ७३ पैसाले घटेर ११ रुपैयाँ १२ पैसा कायम भएको छ । साउनमा यस फन्डको न्याभ १२ रुपैयाँ ८५ पैसा थियो ।
यस फन्डले भदौ मसान्तसम्म ६३ करोड १० हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । साउनमा यसले ६२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।
यो फन्डको भदौसम्म बैंक मौज्दातमा १२ करोड ६ लाख ७४ हजार रुपैयाँ रहेको छ । साउनमा भने यसको बैंक मौज्दातमा १६ करोड ५४ लाख रुपैयाँ रहेको थियो । यसले भदौसम्म कुल ७८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
भदौ मसान्तसम्म नबिल फ्लेक्सी क्याप फन्ड ५ करोड ७१ लाख रुपैयाँ नाफामा रहेको छ । साउनसम्ममा यो फन्ड १४ करोड ९ लाख रुपैयाँ नाफामा रहेको थियो ।