प्रचण्ड दुधले नुहाएका हैनन्
आर्थिक सञ्जाल २०७७ वैशाख १३ गते शनिबार
कुसुम भट्टराई
यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली मात्रलाई धुस्नु पारुन्जेल खेदने महाअन्नुष्ठान चौतर्फी कोणबाट प्रारम्भ भएको छ । र, यो अवस्थाबाट लाभ लिने ताकमा मख्ख र गमक्क पर्दै भैंसी पुजा गर्नसमेत पछि नपर्ने भैंसेपाटी निवासी सुप्रीमो महान कमरेड पुष्पकमल दाहाल प्रचण्ड जुँगामा ताउ लगाउँदै हुनुहुन्छ ।
तर के आजको यो समग्र बेथितिको एकल जिम्मेवार प्रम ओली मात्र हो त ? आजका मितिसम्म सत्तारुढ दलका अध्यक्षका नाताले प्रचण्डले सत्ताको सुस्वाद भोजन गर्नु भएन ? आफ्ना नातागोतालाई लाभका पद दिलाउनु भएन ? सत्तामा तर चाहिँ मार्ने, तर अवगाल चाहिँ फगत ओलीमाथि मात्र ? गहिरीएर हेर्ने हो भने अहिलेको राजनीतिक अन्यौलको मुख्य कारक प्रचण्ड नै हो ।
उहाँ अस्थिर र ढुलमुले चरित्रका नेता हुनुहुन्छ, जसलाई उहाँका आसेपासेहरु डाइनामिक व्यक्तिवको सँज्ञा दिने गर्छन् । प्रचण्ड परिस्थितिमा अनावश्यक क्रमभंग गर्ने कुलतमा फँसीसक्नु भएको छ र यसका लागि उहाँले पूर्व एमालेका चार स्तम्भ केपी,माधव नेपाल , झलनाथ खनाल बामदेव गौतम वीचको अन्तसंघर्षमा खेल्ने चाल चालीरहनु भएको छ ।
यतिबेला ति स्तम्भमध्ये ओलीलाई कमजोर र बदनाम गराएर सत्ता बहिर्गमन गराउन उहाँले एक हदसम्म सफलता पाएको देखिन्छ । मानौं, ओली कमजोर भएर सत्ताच्यूत भएमा प्रचण्डले माधव र बामदेववीचको अन्तसंघर्षमा खेल्नु हुनेछ र विस्तारै पूर्व एमालेको विशाल सँगठनको सर्वेसर्वा भएर निस्कनुहुनेछ ।
तर, लाटो खान्छ एक बल्याङ, बाठो खान्छ चार बल्डयाङ भने झैं प्रचण्ड आफै आइसोलेसनमा जाने खतरा पनि छ । मानौं, भोली नेकपा फुटयो भने बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव आदिसँग ओली समूहको गठजोड भयो भने त्यो बेला प्रचण्डसँग सति जान के माधव, बामदेव या विष्णु पौडेलहरु तयार होलान् ? अतः राजनीति सँभावनाको खेल हो, ओलीजी एक्लै अहिलेको बेथितिको जिम्मेवार हैन । यसमा समग्र नेकपाको दुई तिहाई सरकार फेलियर भएको हो ।
अहिलेको राजनीतिक उहाहरूको एउटै सश्लेषण हो, दुइ तिहाई पाएर पनि यी कम्युनिष्टहरुले केही गर्न सकेनन, यी झन नालायक साबित भए, यी झन भ्रष्ट, राष्ट्रघाती, अस्थीरताका कारक र जनताप्रति अनुत्तरदायी भए ।