प्रचण्ड दुधले नुहाएका हैनन् 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १३ गते शनिबार 

कुसुम भट्टराई

यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली मात्रलाई धुस्नु पारुन्जेल खेदने महाअन्नुष्ठान चौतर्फी कोणबाट प्रारम्भ भएको छ । र, यो अवस्थाबाट लाभ लिने ताकमा मख्ख र गमक्क पर्दै भैंसी पुजा गर्नसमेत पछि नपर्ने भैंसेपाटी निवासी सुप्रीमो महान कमरेड पुष्पकमल दाहाल प्रचण्ड जुँगामा ताउ लगाउँदै हुनुहुन्छ ।

तर के आजको यो समग्र बेथितिको एकल जिम्मेवार प्रम ओली मात्र हो त ?  आजका मितिसम्म सत्तारुढ दलका अध्यक्षका नाताले प्रचण्डले सत्ताको सुस्वाद भोजन गर्नु भएन ? आफ्ना नातागोतालाई लाभका पद दिलाउनु भएन ? सत्तामा तर चाहिँ मार्ने, तर अवगाल चाहिँ फगत ओलीमाथि मात्र ? गहिरीएर हेर्ने हो भने अहिलेको राजनीतिक अन्यौलको मुख्य कारक प्रचण्ड नै हो ।

उहाँ अस्थिर र ढुलमुले चरित्रका नेता हुनुहुन्छ, जसलाई उहाँका आसेपासेहरु डाइनामिक व्यक्तिवको सँज्ञा दिने गर्छन् । प्रचण्ड परिस्थितिमा अनावश्यक क्रमभंग गर्ने कुलतमा फँसीसक्नु भएको छ र यसका लागि उहाँले पूर्व एमालेका चार स्तम्भ केपी,माधव नेपाल , झलनाथ खनाल बामदेव गौतम वीचको अन्तसंघर्षमा खेल्ने चाल चालीरहनु भएको छ ।

यतिबेला ति स्तम्भमध्ये ओलीलाई कमजोर र बदनाम गराएर सत्ता बहिर्गमन गराउन उहाँले एक हदसम्म सफलता पाएको देखिन्छ । मानौं, ओली कमजोर भएर सत्ताच्यूत भएमा प्रचण्डले माधव र बामदेववीचको अन्तसंघर्षमा खेल्नु हुनेछ र विस्तारै पूर्व एमालेको विशाल सँगठनको सर्वेसर्वा भएर निस्कनुहुनेछ ।

तर, लाटो खान्छ एक बल्याङ, बाठो खान्छ चार बल्डयाङ भने झैं प्रचण्ड आफै आइसोलेसनमा जाने खतरा पनि छ । मानौं, भोली नेकपा फुटयो भने बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव आदिसँग ओली समूहको गठजोड भयो भने त्यो बेला प्रचण्डसँग सति जान के माधव, बामदेव या विष्णु पौडेलहरु तयार होलान् ? अतः राजनीति सँभावनाको खेल हो, ओलीजी एक्लै अहिलेको बेथितिको जिम्मेवार हैन । यसमा समग्र नेकपाको दुई तिहाई सरकार फेलियर भएको हो ।

अहिलेको राजनीतिक उहाहरूको एउटै सश्लेषण हो, दुइ तिहाई पाएर पनि यी कम्युनिष्टहरुले केही गर्न सकेनन, यी झन नालायक साबित भए, यी झन भ्रष्ट, राष्ट्रघाती, अस्थीरताका कारक र जनताप्रति अनुत्तरदायी भए ।

IME Lifesidebar
kumari