citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

पीपीई र एन-९५ मास्क बढी मूल्यमा बिक्री गर्ने तीन पसललाई कारवाही

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १३ गते शनिबार

काठमाडौँ । लकडाउनका समयमा बढी मूल्यमा सर्जिकल सामग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट(पिपिई) र एन–९५ मास्क बिक्री वितरण गरेको कसूरमा शुक्रबार तीन सर्जिकल पसललाई कारवाही गरिएको छ ।

उपभोक्ताको गुनासोका आधारमा त्रिपुरेश्वर र सुकेधारामा सञ्चालित सर्जिकल पसलमा अनुगमन गर्दा बढी मूल्यमा बिक्री वितरण भएको र खरिद बिल नभएको पाएपछि कारवाही स्वरुप जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । उपभोक्ताले त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रा.लि.मा पिपिई बढी मूल्यमा बिक्री गरेको गुनासो गरेका आधारमा अनुगमन गर्दा त्यस्तै भेटिएकाले रु दुई लाख जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार रु तीन हजार सात सयमा खरीद गरिएको पिपिई सेटको रु पाँच हजार सात सय (२० प्रतिशतभन्दा बढी नाफा) मा बिक्री गरेको पाइएकाले कारवाही गरिएको हो ।

त्यस्तै शुक्रबार नै त्रिपुरेश्वरस्थित कान्तिपुर सर्जिकललाई खरीदबिक्री विवरण सार्वजनिक गर्न नसकेकाले अनुचित क्रियाकलाप गरेवापत रु दुई लाख जरिवाना गरिएको छ ।

सुकेधारास्थित कालिका ट्रेडर्स प्रालिलाई बढी मूल्यमा एन–९५ मास्क बिक्री वितरण गरेका कसूरमा रु तीन लाख जरिवाना गरिएको छ ।  तीनै सर्जिकल पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

gold
kumari bank