stcnepal long ad
ime life insurance
global ime bank long

बजेट कार्यान्वयनका चुनौती

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट पेस भएको छ । जनताको उर्लंदो आकाङ्क्षा र करिब दुई तिहाइनजिकको सरकारले ल्याएको बजेटको आकार त्यति ठुलो नभए पनि विगतको इतिहास र अहिलेको आर्थिक अवस्था हेर्दा महìवाकाङ्क्षी नै भन्नु पर्छ । एकातिर स्रोत जुटाउन कठिन छ भने अर्कातिरतर्फ यथास्थितिको संयन्त्रबाट अपेक्षित उपलब्धि प्राप्त हुनेमा विश्वस्त हुन सक्ने आधार देखिँदैन ।

चालुतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ चार खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थापनतर्फ चार खर्ब २२ अर्ब गरी २१ खर्ब २४ अर्बको बजेट अनुमान गरिएको छ । खर्च पूर्ति गर्ने स्रोतमा राजस्वबाट १४ खर्ब पाँच अर्ब, अनुदानबाट ६१ अर्ब, वैदेशिक ऋणबाट दुई खर्ब ४७ अर्ब र आन्तरिक ऋणबाट चार खर्ब १० अर्ब गरी २१२४ अर्बको स्रोत व्यवस्थापन गरिएको छ । अर्थमन्त्रीले विभिन्न सुधारात्मक कार्यव्रmम बजेटमा उल्लेख गरे पनि कार्यान्वयनमा ल्याउन विभिन्न चुनौती रहेका छन् ।

कुल आर्थिक संरचनामा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको अवस्थामा निजी क्षेत्रका समस्या समाधान नगरी बजेटले सफलता प्राप्त गर्न सक्दैन । यो विषय अर्थमन्त्रीले बुझेर नै होला निजी क्षेत्रको प्रवर्धन, रोजगारी सिर्जना, पूर्वाधार विकास, वित्तीय अनुशासन जस्ता क्षेत्रमा आर्थिक सुधार गरेर बजेट कार्यान्वयन गरिने भनेका छन् । यी क्षेत्रमा सुधार भयो भने मात्र बजेटले सफलता प्राप्त गर्न सक्ने छ । अन्यथा सात प्रतिशतको आर्थिक वृद्धि हासिल हुन गाह्रो छ ।

आन्तरिक अर्थतन्त्र बलियो बनाउने भनेको आन्तरिक उत्पादन हो । अहिले निजी क्षेत्रको मनोबल गिरेको छ । निजी क्षेत्रलाई बलियो नबनाई अपेक्षित सुधार ल्याउन सम्भव छैन । अहिले वित्तीय स्रोतको बलियो आधार भनेको सार्वजनिक ऋण नै हो । सार्वजनिक ऋणको कुरा गर्दा वैदेशिकतर्फ दुई खर्ब ४७ अर्बको अनुमान छ भने आन्तरिकमा चार खर्ब १० अर्ब अनुमान गरिएको छ । कुल ऋण छ खर्ब ५७ अर्ब प्राप्त गर्ने भनिएको छ ।

यो ऋण प्राप्त भए पनि के कसरी र कहाँ खर्च गरिन्छ भन्ने विषयले प्रमुख भूमिका निभाएका हुन्छन् । बजेट संरचनामा ऋणभार बढी हुनु राम्रो होइन । यद्यपि ऋण उत्पादनमूलक क्षेत्रमा प्रवाह हुन सकेमा प्रभावकारी हुने हो । विगतका वर्षको अनुभवले त्यस्तो अवस्था देखाउँदैन । बजेटको संरचनात्मक अध्ययन गर्दा ऋणको अनुपात कुल गार्हस्थ उत्पादनको सीमाभित्र भए पनि यसको दायित्वपछिको पुस्तालाई समेत पर्ने भएकाले सावधानी हुनु पर्छ ।

विगत जस्तै यो बजेटमा पनि चालु खर्चको आकार ठुलो देखिन्छ । चालु बजेट १२ खर्ब ७० अर्ब छ भने पुँजीगत बजेट चार खर्ब ३१ अर्ब मात्र छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ चार खर्ब २२ अर्ब विनियोजन गरिएको छ । यो संंरचनाले के सङ्केत गर्छ भने उत्पादकमूलक खर्चभन्दा साधारण प्रकृतिको खर्चले महìव पाएको छ । पुँजीगत खर्चको हाराहारी नै वित्तीय व्यवस्थापनमा बजेट विनियोजन हुनु भनेको सार्वजनिक ऋणभार बढी हुनु हो ।

यो बजेटले संरचनात्मक सुधारलाई विशेष जोड दिएको छ । कतिपय अवस्थामा बजेट नै विनियोजन नगरी पनि धेरै सुधार गर्न सकिन्छ । मुख्य कुरो बजेटलाई वितरणमुखी बनाइएको छैन । विगतमा सामाजिक  सुरक्षामा  बजेट  पनि  बढाउने र  भत्ता पाउनेको  उमेर  घटाउँदा  राज्यको  कोषबाट ठुलो रकम खर्च हुने गर्दथ्यो । अहिले हुनेले छोडिदिने र नहुनेलाई दिने गर्दा न्यायोचित पनि हुन गएको छ ।

अनावश्यक रूपमा स्थापना गरिएका ३१ वटा निकायलाई बजेटबाट खारेज गरिएको छ भने छ वटा गाभ्ने र १८ वटा पुनर्संरचना गरिने भनिएको छ । यसबाट धेरै बजेट बचत हुन्छ र त्यसले अन्य आयोजना सञ्चालन गर्न सजिलो हुने छ । एकैचोटि ३६० वस्तुमा अन्तःशुल्क खारेज गर्ने घोषणाले निजी क्षेत्र उत्साहित भएको छ ।

निजी क्षेत्र उत्साहित हुनु भनेको आर्थिक व्रिmयाकलाप वृद्धि हुनु हो । यो बजेटको महìवपूर्ण पक्ष भनेका नीतिगत, कानुनी र प्रशासनिक सुधार हुन् । जुन सुधारले अर्थतन्त्र सुदृढ हुन सक्छ । यहाँ भुल्न नहुने र विशेष व्यवस्था के छ भने परम्परागत बजेट प्रणालीलाई उपेक्षा र डिजिटल रूपान्तरण तथा एआई युगको थालनीसमेत गरेको हुनाले पछिका वर्षमा धेरै विषयमा सुधार हुने अपेक्षा गर्न सकिन्छ ।

कुल आर्थिक संरचनामा निजी क्षेत्रको योगदान धेरै भएको अवस्थामा निजी क्षेत्रलाई नउकासी अर्थतन्त्रमा सुधार ल्याउन सकिँदैन । त्यसैले बजेटमा थुप्रै करका दरमा हेरफेर गरिएको छ । कम्पनी दर्ता गर्नेदेखि लिएर बन्द गर्ने विषयमा झेल्नुपर्ने झमेलाको नीतिगत घोषणाका माध्यमबाट अन्त्य गरिएको छ । परियोजनालाई नै धितो मानेर कर्जा दिने नीति, विदेशी लगानीलाई आकर्षण गर्न लगानी बोर्डमा दर्ता गराएर सञ्चालन गर्न सकिने व्यवस्थाले वैदेशिक लगानी प्रवाह हुने सम्भावना बढी छ ।

वैदेशिक लगानी भित्रिन सक्यो भने राजस्व सङ्कलनमा योगदान पुग्न सक्छ । रुग्ण उद्योग र संस्थानको सबलीकरण गरी तिनीहरूको कार्यदक्षता विकास गर्ने जस्ता व्यवस्था निश्चय नै अर्थतन्त्रका सुधारात्मक पक्ष हुन सक्छन् । राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन आन्तरिक अर्थतन्त्रलाई प्राथमिकतामा राख्नै पर्छ । यो बजेटमा करका दरमा धेरै परिवर्तन गरिएको छ । यसले स्वदेशी उद्योग उत्साहित हुने र अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउन सक्ने सम्भावना बढी देखिन्छ ।

यो बजेटमा पनि स्रोत व्यवस्थापनमा चुनौती देखिएको छ । अरू बजेट जस्तै महìवाकाङ्क्षी पनि छ । ६६ खर्बको सानो अर्थतन्त्र भएको मुलुकमा २१ खर्बको बजेटले सात प्रतिशतको आर्थिक वृद्धि गर्न कठिन हुन्छ । किनकि चालु खर्च नै १२ खर्ब ७० अर्ब छ ।

यसको स्रोत भनेको राजस्व हो । राजस्वबाट प्राप्त हुने रकम पनि १४ खर्ब पाँच अर्ब मात्र छ । आर्थिक वृद्धि बढाउने भनेको पुँजीगत बजेट हो जुन चार खर्ब ३१ अर्ब मात्र विनियोजन गरिएको छ । जति नै निजी क्षेत्रमा सुधार र राजस्व प्रशासनमा क्षमता बढाए पनि अहिलेको अवस्थामा राजस्वले लक्ष्य प्राप्त गर्न कठिन छ । विकासनिर्माण कार्यमा राजस्वको योगदान नहुने र बाह्य ऋणमा भर पर्दा अर्थतन्त्र प्रभावकारी नहुन सक्छ ।

बजेटको आधार तल्लो तह हो तर यो बजेट खास गरेर मध्यमवर्गलक्षित देखिन्छ । आयकर लाग्ने आम्दानीको सीमा पाँच लाखलाई दोब्बर बढाएर १० लाख बनाइएको छ । मध्यमवर्गमा पर्ने कर्मचारीको तलब वृद्धि २१ प्रतिशत पु¥याइएको छ । अर्थमन्त्रीले मध्यमवर्गलाई सुविधा दिएर अर्थतन्त्र चलायमान बनाउन यस्तो गरे पनि यसले महँगी बढाउन सक्छ । निम्नवर्ग मूल्यवृद्धिको चपेटामा पर्न सक्छन् ।

अहिले बजेटबारे विभिन्न प्रतिव्रिmया आएका छन् । आमनागरिकले शिक्षा, स्वास्थ्य, बिजुली जस्ता आधारभूत आवश्यकता सर्वसुलभ खोजिरहेको अवस्थामा यिनै क्षेत्रमा कर लगाउँदा सरकारप्रति आलोचना छ । निर्वाचनका समयमा जनजीविकासँग जोडिएका विषयमा कर लगाउनुलाई राम्रो भन्न सकिँदैन । त्यसकारण यसमा सुधार गरिनु पर्छ ।

कर्मचारीको तलब वृद्धि हुँदा बजारभाउ बढ्ने नै हुन्छ । घरभाडा, खाद्यान्न, लत्ताकपडा जस्ता वस्तुमा स्वभावैले मूल्य बढ्दा छ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि राख्न सकिँदैन । अर्कातर्फ अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थलगायत एलपी ग्यासको मूल्य बढिरहेको अवस्थामा नेपाल जस्तो आयातमा आधारित अर्थतन्त्रमा प्रत्यक्ष असर परेकै हुन्छ । त्यसकारण मूल्य नियन्त्रण गर्ने कार्य त्यति सहज देखिदैन । बजार अनुगमन तथा निरीक्षण गर्नु जरुरी छ ।

सात प्रतिशतको आर्थिक वृद्धि हुने भनिए पनि स्वाभाविक देखिँदैन किनभने अर्थतन्त्रको ठुलो हिस्सा अनौपचारिक हुँदै गएको छ । खुला सिमाना, चोरी निकासी, राजस्व चुहावट, भ्रष्टाचार, सहकारी ठगी, सङ्गठित अपराध जस्ता आपराधिक गतिविधि घटाउन सकिएन भने बजेटले लिएको आर्थिक वृद्धि हासिल गर्न कठिन हुनेछ ।

अहिले नेपाल ग्रे लिस्टमा परेको छ । छिट्टै ग्रे लिस्टबाट बाहिर निस्कन सक्ने सम्भावना पनि देखिँदैन । यस्तो अवस्थामा बाह्य लगानी आउन सम्भावना न्यून हुन्छ । बाह्य लगानी नआउने हो भने सात प्रतिशतको आर्थिक वृद्धि हुन सक्दैन । करका दर र केही प्रशासनिक सुधार गर्दैमा निजी क्षेत्र फस्टाउने होइन । निजी क्षेत्र उत्साहित हुन अन्य कतिपय विषयमा पनि सुधारको आवश्यकता पर्छ ।

यो सरकारले गर्ने हो भने अहिले ज्यादै अनुकूल परिस्थिति देखिन्छ । दुई तिहाइनजिकको सरकार छ । जुनसुकै विधेयक पारित गर्न, निर्णय गर्न र नीति निर्माण गर्न सहज छ । देशको अर्थतन्त्र उकास्न निजी क्षेत्रलाई अघि सार्दै चालु खर्चलाई नियन्त्रण र पुँजीगत खर्चमा वृद्धि गरेर अपेक्षित उपलब्धि हासिल गर्नु पर्छ ।

prabhu mahalaxmi
kumari