stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

उत्तर कोरियाली नेता किम जोन उनको स्वास्थ्य रहस्यमय

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १३ गते शनिबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उन गम्भीर रूपमा अस्वस्थ भएको विवरणहरु ‘सही नभएको’ बताएका छन् । ट्रम्पले उन गम्भीर विरामी भएको समाचार असत्य भएको दावी गरेका हुन् ।

‘उहाँ बिरामी भएको सूचना विभिन्न माध्यमबाट मैले पाएँ, मलाई लाग्छ उहाँ विरामी भएका विवरण अरु असत्य हुन्,’ कोभिड–१९ बारे नियमित सञ्चारकर्मीसँगको एक कुराकानीका सन्दर्भमा सोधिएको प्रश्नमा ट्रम्पले भनेका छन् । ‘मलाई लाग्छ किमको स्वास्थ्य अवस्थाबारेको रिपोर्ट सही छैन ।

मैले सुने अनुसार समाचार सार्वजनिक गर्ने ‘नेटवर्क’ले पूरानो कागजातलाई सूचनाको आधार बनाएको छ ।’ उक्त अवसरमा राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र त्यसका सर्वोच्च नेता किम जोन उनसँग आफ्नो एकदमै राम्रो सम्वन्ध रहेको स्मरण पनि गरेका छन् । नेता किम स्वस्थ अवस्थामै रहेको उनले आशा व्यक्त गरेका छन् ।

उनले यसअघि गत मङ्गलबार उन गम्भीर अस्वस्थ भएको सूचना आएको भन्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । ‘उहाँ सिकिस्त विरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु हामीलाई केही थाहा छैन, मैले केबल उहाँको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु’ ट्रम्पले भनेका थिए ।

अमेरिकी गुप्तचर निकाय सिआइएका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएपछि उनले यस्तो बताएका थिए । नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुर बुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित भएको समाचारहरू अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दिएका छन् ।

उनी त्यो भन्दा चार दिन अगाडि एउटा सरकारी बैठकमा भने देखिएको गुप्तचर निकायहरुको सूचनालाई उद्धृत गर्दै सिएनएनले जनाएको थियो । तर उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम बिरामी भएको पुष्टि गरेका छैनन् ।

उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दावी गरेका छन् । योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाए अनुसार उनीहरुले कुनै फरक नरहेको बताएका छन् । उत्तर कोरियाली राजनीतिक प्रणालीका कारण पर्याप्त र यथार्थ सूचना सहजै सार्वजनिक हुन नसक्ने भएकाले वेला वेलामा सूचना प्रतिको अन्यौलता सिर्जना हुने गर्दछ । कम्युनिस्ट पार्टीको सरकार  रहेको उत्तर कोरियामा विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण देखिएको छैन । एजेन्सी

prabhu mahalaxmi
kumari bank
kumari