stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालमा हवाई क्षेत्रमा विकासका अवरोधहरु

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

नेपालको पर्यटन–व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) को महत्वपूर्ण भूमिका रहेको कुरामा कुनै शङ्का छैन । पर्यटन तथा संस्कृति, नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल, नेपाल पर्यटन बोर्ड, निजीस्तरका हवाई–कम्पनीहरू तथा विभिन्न ट्राभल एजेन्सीहरु टेकिङ्ग एजेन्सीहरु, पर्वतारोहण संघ र होटलहरू निगमसँग प्रत्यक्ष रूपमा गा“सिएका छन् ।

अन्य विभिन्न सङ्घ–संस्थाहरूको पनि निगमसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्बन्ध रहेको छ । तर सम्बन्धित सम्पूर्ण निकायहरूका बीचमा आवश्यक (सडक विभाग, खानेपानी प्राधिकरण, नेपाल टेलिकम, नगरपालिकाबीच प्राय सडकहरु विग्रिएको जस्तै) समन्वय र सामन्जस्य हुन नसक्ता त्यसले पर्यटन–व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाको कारणले निगमलाई आङ्खनो लक्ष्य प्राप्तिका लागि कठिनाइ भइरहेको छ ।

सरकारी नीति निर्धारण गर्नेहरूको दृष्टिकोण, चालक दलको दृष्टिकोण, हवाई–कम्पनीमा काम गर्ने कर्मचारीहरूको दृष्टिकोण, हवाई–कम्पनीका मालिकहरूको दृष्टिकोण, सरकारी निगमको व्यवस्थापन पक्षससँग सम्बन्धित व्यक्तिहरूको दृष्टिकोण, उड्डयनसँग सम्बन्धित व्यक्तिहरूको दृष्टिकोण आदि लाई हेर्दा यी सबै दृष्टिकोणहरूमा समन्वय र सामन्जस्य ल्याउन नसकेसम्म र राष्ट्रिय हितमानी सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटन र पर्यटन–व्यवसायका अतिरिक्त सरकारी क्षेत्रको वायुसेवा निगमको भविष्य उज्ज्वल बनाउन अत्यन्त कठिन पर्ने कुरामा कुनै विवाद हुन सक्तैन ।

नेपालको  अधिकांश  भूभाग  पहाड र  पर्वतले भरिएको छ ।  त्यसैले  यहाँ उड्डयनको विशेष महत्व छ । नेपालमा हाल ६० वटा विमानस्थलहरू छन् र तीमध्ये २५ वटा विमानस्थलको पुनर्निर्माण भइरहेको छ र ३५ वटा कच्ची विमानस्थल छन् । ती सबै विमानस्थलहरूलाई संरक्षण गरेर समुचित ढंगले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटनक्षेत्रलाई धेरै फाइदा पुर्याउने छ । आगामी दिनहरूमा नेपालमा विदेशी पर्यटकहरूको सङ्ख्या बढ्ने कुरा निश्चित प्रायः भएकाले विमानस्थलहरूलाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ ।

अर्कातिर नेपाल वायुसेवा निगमले पर्यटकहरूको कमी हुने जुनसुकै मुलुकसँग द्वपक्षीय हवाई–सम्झौता गर्नुको सट्टा पर्यटकहरू बढी हुने मुलुकहरूसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४२ वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई–सम्झौताले पनि नेपालको पर्यटन–व्यवसायलाई ठूलो टेवापुग्नेछ ।

नेपालका बारेमा निगमका तर्फबाट समाचारहरू सम्प्रेषण गर्दा नवीन पद्धति अनुरूप आकर्षक रूपबाट विदेशीहरूलाई समाचार–सम्प्रेषण गर्नु आवश्यक छ । विदेशमा रहेका निगमका कार्यालयहरूको व्यवस्थापन र अन्यपक्षमाकुनै कमजोरी रहेका छन् भने तिनलाई सुधार गरेर ती कार्यालयहरू मार्फत निगम र नेपालका विषयमा उचित र जानकारीमूलक समाचारहरू सम्प्रेषण गर्न पनि सकिन्छ । ती कार्यालयहरूको प्रभावकारी भूमिकाबाट पनि निगम मार्फत नेपालले प्रशस्त वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ ।

सरकारले पर्यटन–उद्योगलाई मुलुकमा अन्य उद्योगहरू सरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनुपर्छ एवं निजी क्षेत्रसँगको कार्यगत सम्बन्ध सुदृढ बनाउँदै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवं पर्यटनक्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्छ । पर्यटनसँग सम्बद्ध व्यावसायिक सेवालाई प्रस्ट रूपले परिभाषित गरी एक–अर्काको क्षेत्रमा अनधिकार रूपमा गर्ने गरेका व्यावसायिक क्रियाकलापहरूको अविलम्ब अन्त्य गराउने तर्फ पनि सरकारले संवेदनशील हुनु आवश्यक छ ।

नेपाल भित्र रहेका गन्तव्य स्थलहरूमध्ये सम्बन्धित व्यवसायीहरूबाट समुचित सम्भाव्यता अध्ययन गराई नयाँ गन्तव्यस्थलहरूको प्रतिवेदन तयार पारी तिनलाई प्रचार–प्रसार गराउने हो भने त्यसले पनि निगमलाई धेरै फाइदा पुर्याउनेछ । पर्यटन–प्रवद्र्धन गर्दा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई मात्र होइन, क्षेत्रीय प्रतिस्पद्र्धालाई पनि ध्यान दिँदै तदनुरूपको नीति निर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकहरूमा बजार–प्रवद्र्धन गर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरूप एवं सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदमहरू चालिनुपर्छ र खुला आकाश नीतिलाई कागजमा मात्र सीमित नराखी एकद्वार प्रणाली मार्फत कार्यान्वयन गरिनुका साथै नियमित उडानहरूलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गरिनुपर्छ ।

आन्तरिक हवाई–उडानमा यात्रुहरूको सुरक्षाको प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाई–कम्पनीहरू थप इजातत दिनेतर्फ नियन्त्रण गर्ने र अनधिकृत रूपले चलाइएका हवाई–कम्पनीहरूलाई जुनजुन स्थानमा उडान गर्ने र पार्किङ्ग गर्ने इजाजतप्राप्त गरेको छ सोही स्थानमा नगरे कडा कारवाही गरिने हो भने आन्तरिक उडानसेवाहरू बीचको अस्वस्थकर प्रतिस्पर्धा हट्न जानेछ र यसबाट सरकारी क्षेत्रको वायुसेवा निगम सबल हुन सक्नेछ । तर यसका लागि समयानुकूल, दिगो र दीर्घकालीन परिप्रेक्ष्यमा राष्ट्रिय पर्यटननीति बनाउनु अपेक्षित छ ।

prabhu mahalaxmi
kumari