citizens life insurance long ad
stcnepal long ad

गरिमा विकास बैंककाे १२७ ओैं शाखा बालुवाटारमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा १२७ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा गत कार्तिक १८ गते बुधबारदेखि बालुवाटारस्थित आफ्नै केन्द्रीय कार्यालय भवनबाट नयाँ शाखाको सेवा सुरु गरेको छ ।

बैंकले १९ औँ वर्षको विशेष अवसर पारेर कात्तिक १८ गतेदेखि बालुवाटार शाखा सञ्चालनमा ल्याएको जनाएको छ । यस बैंकले ग्रामीण भेगदेखि सहरी क्षेत्रसम्म सरल, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित शाखा विस्तारलाई निरन्तरता दिँदै आएको छ ।

बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले नयाँ शाखाको उद्घाटन गरेका थिए।

बालुवाटारकाे नयाँ शाखा मार्फत ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । शाखा सञ्चालनसँगै बालुवाटार तथा आसपासका क्षेत्रका व्यक्तिगत र संस्थागत ग्राहकलाई बैंकिङ सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ ।

बैंकका अनुसार शाखा विस्तारलाई भौगोलिक उपस्थितिको वृद्धि मात्र नभई स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने माध्यमका रूपमा लिइएको छ ।

बालुवाटारमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकको आवश्यकताअनुसार वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप गतिशील बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।

आईएसओ ९००१ः२०१५ तथा आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरिसकेको गरिमा विकास बैंकले देशका सात वटै प्रदेशमा फैलिएका १२७ वटा शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकलाई सहज, सुरक्षित र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएकाे छ ।

IME Life
kumari