citizens life insurance long ad
stcnepal long ad

काठमाडौं उपत्यकामा २४ घण्टामा ४२७ सवारी चालक कारबाहीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४२७ सवारी चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कात्तिक २२ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उनीहरू कारबाहीमा परेका हुन्।

कारबाहीमा पर्नेमा तीव्र गतिमा सवारी चलाउने ७९, मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३, सिसीटिभीमार्फत पहिचान भएका ३१, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २१, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १५ र सवारीको अवस्था ठीक नभएका १७ जना रहेका छन्।

यस्तै, अन्य कसुरमा १११ जना कारबाहीमा परेका छन्। लेन अनुशासन र एकतर्फी सडक नियम उल्लङ्घनसम्बन्धी विवरणमा भने संख्या उल्लेख गरिएको छैन।

IME Life
kumari