ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित
काठमाडौं । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमितिका लागि बुधबार भएको निर्वाचनमा नेपाल ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापालाई पराजित गर्दै तेक्वान्दोका कीर्तिमानी खेलाडी विष्ट अध्यक्षमा निर्वाचित भएका छन्।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा भएको निर्वाचनमा विष्टले ४१ भोट प्राप्त गर्दा थापाले ४ भोट मात्र पाएका छन् ।
यस्तै संघको उपाध्यक्षमा प्रवीण तुलाधर निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा संगिना वैद्य निर्विरोध निर्वाचित भएकी छिन् ।
महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा पनि निर्विरोध चयन भएका छन्।
सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छी माया कोजु, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफल राम श्रेष्ठ र रन्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

























