citizens life insurance long ad
stcnepal long ad

नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछ । आज पहिलो खेल अपराहन्न साढे १२ बजेदेखि चितवन राइनोज र लुम्बिनी लायन्सबीच हुदैछ ।

प्रतियोगितामा लुम्बिनी र चितवनले आ-आफ्नो पहिलो खेल जितेर शानदार शुरुवात गरेका छन् । लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने चितवनले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

त्यसैगरी आज दोस्रो खेल साँझ ५ बजेदेखि विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच हुदैछ । विराटनगर किंग्सले यसअघिका दुवै खेलमा हार बेहोरेर जित्नै पर्ने दबाबमा खेल्दैछ भने सुदूरपश्चिमले यसअघिका दुई मध्ये एक जित र एक हार बेहोरेको छ ।

विराटनगर चितवन र कर्णाली याक्ससँग पराजित भएको थियो । त्यस्तै सुदूरपश्चिम भने लुम्बिनीसँग पराजित भएको थियो भने पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।

विहिबारदेखि शुरु भएको चक्रबात ‘अर्नब’ को प्रभावका कारण बर्षा भइरहेकाले आजको खेललाई प्रभाव पार्नसक्ने अनुमान गरिएको छ । शुक्रबार दिनभर काठमाडौँमा बर्षा भएको थियो ।

IME Life
kumari