कांग्रेसको तीन जिल्लाको विवाद टुंगियो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले तीन जिल्लाका क्रियाशिल सदस्यको विवाद टुंगिएर नाम सार्वजनिक गरेको छ। पार्टीले ६४ जिल्लाको वडा अधिवेशन र ५० भन्दा बढी जिल्लाको गाउँ तथा नगर अधिवेशन सम्पन्न गरे पनि पाँच जिल्लाको भने अझै नयाँ क्रियाशिल सदस्यता बिबाद टुंगिएको छैन्।
निर्वाचन समितिले गत असोज १२ गते मंगलबार कैलाली, धनुषा र सर्लाहीका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। योसँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको छ । अब पाँच जिल्ला रसुवा, सप्तरी, रौतहट, बारा र पर्साको क्रियाशील सदस्यता बिबाद टुंगिन बाँकी भएको छ ।
कांग्रेसमा १४ औं महाधिवेशन अन्तर्गत स्थानीय अधिवेशन भइरहेका छन्। कांग्रेसले हिमाली जिल्ला २१ वटामा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै अधिवेशन गराई रहेको छ भने वाँकी जिल्लाको दशैंअघि वार्ड र पालिका तहको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ।
सात प्रदेशको प्रदेश अधिवेशन कात्तिक ९ देखि ११ सम्म र केन्द्रीय महाधिवेशन भने आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्दैछ।























