sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

एसियन कप: उपाधि दाबेदार मानिएको जापानलाई हराउँदै इरान सेमिफाइनलमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

उपाधि दाबेदार मानिएको जापानलाई हारउँदै इरान कतारमा जारी एएफसी एसियन कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार राति भएको खेलमा इरानले सर्वाधिक ४ पटकको विजेता जापानमाथि २–१ गोल अन्तरको रोमाञ्चक जीत निकालेपछि सेमिफाइनलमा स्थान बनाएको हो ।

एजुकेसन सिटी रंगशालामा इरानलाई जीत दिलाउन मोहम्मद मोहेबी र अलीरेजा जहाँबख्शले १–१ गोल गरे । जापानका लागि हिडेमासा मोरिताले गोल गरेका हुन् ।

खेलको २८औं मिनेटमा मोरिताको गोलमार्फत जापानले अग्रता लिएको थियो । ५५औं मिनेटमा मोहेबीले खेललाई बराबरीमा ल्याउन सफल भए ।

खेलको अतिरिक्त समयमा जहाँबख्शले पेनाल्टीमार्फत गोल गर्दै इरानलाई २ १ को रोमाञ्चक जीत दिलाएका हुन् । इरान एसिया कपको ३ पटकको विजेता हो ।

gold
kumari bank
nawakantipur long