citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

आजसम्म कायम सेयरधनीले रिडी पावरको हकप्रद सेयर आवेदन दिन पाउने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा आज माघ २१ गते आइतबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यस कम्पनीले हकप्रद सेयरको लागि माघ २२ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, आजसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् ।यस कम्पनीले १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न लागेको हो ।

जसअनुसार रिडी पावरले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ ।

यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

gold
himalayan life insurance long ad