युवा समाजसेवी थापाद्वारा पुरस्कार प्रायोजन
काठमाडौं । युवा समाजसेवी बाबुराम थापाले आफ्नो गृह जिल्ला तेह्रथुममा दिपावली मेला अन्तर्गत मंसीर २ गते देखि ८ गतेसम्म हुने फुटबल प्रतियोगितामा दिइने पुरस्कार रकम प्रायोजन गर्ने भएका हुन् ।
पछिल्लो ४१ वर्ष देखि निरन्तर हुँदै आएको दिपावली मेला यस वर्ष आठराई गापा–५, छातेढुङ्गामा रहेको श्री पोखरी माविको खेल मैदानमा हुँदैछ ।
विगत लामो समय देखि समाजसेवामा रहेका थापाले यस अघि पनि पटक–पटक खेलकुद प्रतियोगिताहरुमा पुरस्कार प्रायोजन गर्दै आएका थिए ।
खेलकुद क्षेत्रमा लागेका युवाहरुमा हौसला प्रदान होस् भन्ने हेतुले आफुले सहयोग गर्दै आएको थापाले बताए ।
नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य रहेका थापा अखिल नेपाल किसान महासंघका महासचिव पनि हुन् ।