evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

रेमिट्यान्सको ९ प्रतिशत रकम उच्च शिक्षाका लागि विदेशिने यूवासँगै बाहिरियो

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले स्वदेश पठाउने रकमको झण्डै ९ प्रतिशत हिस्सा उच्च शिक्षाका लागि विदेशिने यूवासँगै विदेशिने गरेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्या‌ंक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्ममा उच्च शिक्षाका लागि विदेशिएका यूवासँगै ३२ अर्ब ९२ करोड रुपैयाँ देशबाट बाहिरिएको छ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा ३ खर्ब ६५ अर्ब ३४ करोड विप्रेषण (रेमिट्यान्स)भित्रिएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीको शिक्षाका लागि बाहिरिने रकम गत आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको तुलनामा ७६ प्रतिशतले बढेको छ।

गत आवमा असोज मसान्तसम्ममा १८ अर्ब ७० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भुक्तानीका लागि राष्ट्र बैंकले सिफारिश दिएको थियो । यो रकममा अध्ययनका लागि भारत गएका विद्यार्थीहरुका लागि गरिएको खर्च रकम समावेश छैन ।

साउन, भदौ र असोज महिना समेतमा गरी कूल ३० हजारभन्दा बढी विद्यार्थीले विदेशी मुलुकमा उच्च शिक्षा अध्ययनका लागि शिक्षा विभागबाट सहमति पत्र (नो अब्जेक्शन लेटर एनओसी) लिएका छन् ।

शिक्षा मन्त्रालयल अन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत साउनमा १० हजार १ सय ८२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् ।

यसैगरी भदौ र असोज महिनामा पनि मासिक १० हजारले एनओसी लेटर लिएका छन् । शाखाका अनुसार वार्षिक करिब १ लाख १० हजार विद्यार्थीले एनओसी लेटर लिने गरेका छन् ।

मुलुकको राजनीतिक र आर्थिक अवस्थाले यूवा पुस्तामा आशा जगाउन नसक्दा उच्च माद्यमीक तहको अध्ययन पुरा नहुँदै विद्यार्थी बाहिरिन थालेका छन् ।

यसअघि कम्तीमा स्नातक तहको अध्ययन पुरा गरेर थप शिक्षाका लागि विदेशिनेको स‌ंख्या अधिक हुने गरेकोमा अहिले उच्च मावि तह पुरा गरेकाहरुको संख्या उल्लेख्य रहेको छ।

himalayan life insurance
igi long