काठमाडौँको वसन्तपुरमा नेपाल संवत् ११४४ को उपलक्ष्यमा चित्रकला प्रदर्शनी

काठमाडौँ । नेपाल संवत् ११४४ को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा गत २८ कार्तिक चित्रकला प्रदर्शनीको बाग्मती प्रदेशका मुख्यमन्त्री शालिक राम जमरकट्टेल उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।
बाग्मती प्रदेशका संसदीय दलका नेता शैलेन्द्र मान बज्राचार्यको अगुवाइमा काठमाडौँ दरबार स्क्वाएर पर्यटन प्रवर्द्धन संघ, संवर्द्धन संस्था तथा आर्ट बुमको संयुक्त आयोजनामा नेपाल संवतलाई स्वागत गरी मास्टर स्ट्रोक्स नामक चित्रकला प्रदर्शनी गरिएको हो।
काठमाडौँ दरबार स्क्वाएर पर्यटन प्रवर्द्धन संघका सदस्य दिल्लीरत्न तुलाधार, संवर्द्धन संस्थाका उपाध्यक्ष सुरेशप्रसाद श्रेष्ठ तथा मास्टर स्ट्रोक्सका तर्फबाट रत्न शाक्यले मुख्यमन्त्री जमरकट्टेललाई स्वागत गरेका थिए ।
कलाका माध्यमद्वारा नेपाल संवतलाई स्वागत गरेकोमा आयोजकहरुलाई मुख्यमन्त्री जमरकट्टेलले धन्यवाद दिएका थिए । कलाका माध्यमबाट संस्कृति चिनाउने नौलो कार्यलाई प्रदेश सरकारले सधैं नै प्रोत्साहन गर्ने तथा यसका लागि उचित सहयोग गर्ने मुख्यमन्त्री जमरकट्टेले बताए ।
बाग्मती प्रदेशका संसदीय दलका नेता शैलेन्द्र मान बज्राचार्यले कार्यक्रममा बोल्दै प्रदेश सरकारले पर्यटन प्रवर्द्धन तथा संस्कृति जर्गेनामा तत्परताकासाथ सहयोग गर्ने तथा युवा जोश तथा नविन उत्प्रेरक कार्यहरु लागि साथ दिने बताए ।
नेपालका चर्चित १८ जना कलाकारहरुले कार्यक्रम स्थानमै चित्रकला कोरेका थिए । उक्त कार्यक्रमलाई बाग्मती प्रदेश सरकार, प्रहरी वृत्त जनसेवा, न्युरोड, शार्दूल जङ्ग गुल्म, नेपाल संवत् न्हुदँ समारोह समिति ११४४, हनुमानढोका दरबार हेरचाह अड्डा, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, यलः आर्ट ग्यालरी तथा ललितकला गुठीको सहयोग रहेको थियो ।