नेप्सेमा पौने २ करोड कित्ता सेयर थपियो
/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो पुस १ गते दुई कम्पनीको झन्डै पौने २ करोड कित्ता सेयर सूचीकृत भएको छ।
नेप्सेमा सिटिजन्स बैंक इन्टरनेसनल र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका कुल १ करोड ७३ लाख ४१ हजार ८५४.२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
जसमा सिटिजन्स बैंकको १ करोड ६२ लाख ४० हजार ५०८.९१ कित्ता र सगरमाथा इन्स्योरेन्सको ११ लाख १ हजार ३४५.२९ कित्ता रहेका छन्।
आर्थिक वर्ष २०७६/७७ सिटिजन्स बैंक र सगरमाथा इन्स्योरेन्सले वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। यी दुवैले क्रमशः १२.९१३ प्रतिशत र ११ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
























