citizens life insurance long ad
stcnepal long ad

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको अवितरित हकप्रद शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलामी प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर खुलाउँदा बाँकी बसेको अवितरित शेयर बिक्रीमा राखेको हो।

यस अन्तर्गत कम्पनीले ४ लाख ७४ हजार ६९६ कित्ता साधारण शेयर लिलामीमा राखेको छ। यसमा जेठ २१ गतेदेखि जेठ २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। यसमा इच्छुक हरकोही व्यक्ति वा संघसंस्थाले शेयर खरीदका लागि बोलपत्र पेश गर्न सक्नेछन्।

शेयर खरीद गर्नका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। शेयरको बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै एनआईसी एशिया बैंकका शाखा कार्यालयहरू – विराटनगर–३ मोरङ, आदर्शनगर वीरगञ्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी, वीरेन्द्रनगर सुर्खेत, पञ्चकन्या नुवाकोट, त्रिशुली नुवाकोट, नारायणगढ चितवन र नेपालगञ्ज बाँकेमा प्राप्त गर्न र बुझाउन सकिनेछ।

IME Life
kumari