stcnepal long ad
ime life insurance
global ime bank long

साल्ट ट्रेडिङ कर्पोरेसनको साधारण सभा जेठ २९ मा हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश सुरक्षित गर्ने आज जेठ १२ गते अन्तिम दिन हो । लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि जेठ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

आज जेठ १२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन सक्ने छन्। कम्पनीले आफ्नो ५९ औँ वार्षिक साधारण सभा आगामी जेठ २९ गते आयोजना गर्ने निर्णय गरेको छ।

सो साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १० प्रतिशत लाभांश अनुमोदन गर्ने भएको छ। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश रहेको प्रस्ताव गरिएको छ।

त्यसलाई अनुमोदन गर्नेछ। आगामी सभाले सञ्चालकको नियुक्ति अनुमोदन, कम्पनीको प्रबन्धपत्र र निमायवली पनि सभाले स्वीकृत गर्ने भएको छ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ। साधारण सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

prabhu mahalaxmi
kumari