stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनसेलले ल्यायो साना व्यवसायीलक्षित ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान, यस्ता छन् विशेषता र लाभ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साना तथा मझौला व्यवसायी र कार्यालयहरुले अब विषेश रुपमा उनीहरुकै सञ्चार सेवाको आवश्यकतालाई सम्बोधन गर्न तयार पारिएको एनसेलको आकर्षक योजनाबाट लाभ लिन सक्छन्।

एनसेल आजियाटा लिमिटेडले एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिन्छ।

साना तथा मझौला व्यवसायी र स–साना कार्यालयहरुलाई ध्यानमा राखी ल्याइएको यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अननेट र अफनेट कल सेवा लगायतका विषेशताहरु छन्। ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेका छ भने रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेको छ।

बिजनेस सधैँ अन थिमअन्तर्गत आज पुस २ गते शुक्रबारबाट लागू हुने गरी यो योजना ल्याइएको जनाएको छ।
ग्राहकले सरल रुपमा प्रचलित प्रिपेड सेवामा जस्तै गरी यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समूह अर्थात कार्यालयका साथीहरुसँग करसहित जम्मा ३० पैसा प्रतिमिनेटका दरमा कुरा गर्न सक्छन्।

त्यसैगरी पेजी अननेट र अफनेट कल सेवा पनि करसहित मात्र रु. १.३० प्रतिमिनेटमा उपलब्ध हुन्छ। यसका साथै ग्राहकले पेजी डेटा सेवा रु. १.३० प्रति एमबी र पेजी एसएमएस सेवा पनि प्रति एसएसएस रु. १.३० मा पाउँछन्।

ग्राहकले एकपटक मात्र करसहित मात्र रु. १५० मा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्छन्। यो प्लान सुचारु भएपछि ग्राहकले रु. ३५ मेन ब्यालेन्ससहित ७ दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्दछन्। यसका साथै ३० दिन सम्ममा जम्मा रु. २०० को रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि प्राप्त गर्दछन्।

यस प्लानमा रहेका अन्य सुविधा अन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् ।

ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ प्याक अन्तर्गत २ जीबीर४ जीबीर६ जीबी डेटा प्याक, वानटाइम ३ जीबीर५ जीबी प्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन्।

कम्बो प्याकअन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बन्डलिङसहितको रु। २०० को कम्बो सिल्भर, रु. ३०० को कम्बो गोल्ड वा रु। ३५० को कम्बो प्लाटिनम प्याक पनि लिन सक्छन्।

बिजलाइट योजनाले साना तथा मझौला व्यवसाय र स–साना कार्यालयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गर्दै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्घि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ।

यस प्रिपेड योजनाका साथ एनसेलले ग्राहकलाई बिना कुनै निश्चित अग्रिम मासिक शुल्क आकर्षक सेवा प्रदान गर्नेछ।

यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आवद्घ व्यक्तिहरुले कम्तीमा २ सिमकार्ड लिनुपर्नेछ।

विद्यमान प्रिपेड प्लान, बिज इन्टरनेट र स्ट्याण्डर्ड इन्टरनेट पोष्टपेड प्लानका ग्राहकहरुले पनि आफ्नो संस्थासँगको आवद्घता स्थापित गर्ने कुनै पनि कागजातहरु पेस गरी बिजलाइट प्रिपेड प्लान सहजै लिन सक्छन्।

prabhu mahalaxmi
kumari