citizens life insurance long ad
stcnepal long ad

स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड गरिंदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्नो रिभर्स लिमिटेडले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज जेठ १२ गते बाँडफाँड गर्दैछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज बिहान ११ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावितलाई र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ।

कम्पनीले अब बाँकी शेयरमध्ये ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि र १८ हजार ७५० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी बसेको ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो।

 

IME Life
kumari