citizens life insurance long ad
stcnepal long ad

हिजो नेप्से दोहोरो अंकले घट्यो, नाफा बुक गर्दा बजारमा गिरावट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन हिजो पुस १ गते बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार हिजो ३७.८७ अंकले ओरालो लागेको थियो।

योसँगै नेप्से परिसूचक २३७६.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८८ अंकले घटेर ४५३.५३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँभन्दा बढीको भएको छ।

हिजो अल्पकालीन लगानीकर्ताहरुले नाफा बुक गर्दा बजारमा करेक्सन आएको थियो। बजार अस्ति ठूलो अंकले बढ्दा पनि हिजो करेक्सन आएको हो।

करेक्सन आउँदा कारोबार पनि घटेकोले अब बजारको घटाइ थामिएको भन्न सकिन्छ । कारोबार घट्नु राम्रो त होइन तर घट्दा कारोबार पनि कम हुनु भनेको भोलिका दिन बजार बढ्छ भन्ने संकेत नै हो। त्यसैले आगामी दिनमा बजार माथि नै जाने देखिन्छ।

सक्रिय लगानीकर्ताहरू विस्तारै बजार सम्हालिने आशामा छन्। केही दिन अझै बजार साइडवेजमा जान सक्छ।लगानीकर्ताको मनोबल अझै उठ्न सकेको छैन।

यद्यपि अब बजार अस्तिको भन्दा तल जाँदैन । किनकि तत्काल अब बजारमा धेरै ठूलो अंकको घटबढ हुने देखिन्न भन्ने अनुमानमा लगानीकर्ताहरू रहेका छन।

हिजो नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटामा मात्रै हरियाली छाएको थियो भने बाँकी १२ वटा समूहमा रातो पोतिएको थियो। हिजो म्युचुअल फन्ड समूहमात्रै ०.५७ प्रतिशतले उकालो लागेको छ। हिजो विकास बैंक समूह सर्वाधिक ३.६६ प्रतिशतले ओरालो लागेको छ।

जलविद्युत समूह ३.०१ प्रतिशतले घटेको थियो। हिजो बैंकिङ समूहमा ०.३४ प्रतिशत, व्यापार समूहमा २.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५८ प्रतिशत, वित्त समूहमा २.६ प्रतिशत, निर्जीवन बीमा समूहमा २.५३ प्रतिशत, अन्य समूहमा २.०९ प्रतिशत, लघुवित्त समूहमा १.७६ प्रतिशत, जीवन बीमा समूहमा २.०६ प्रतिशत र लगानी समूहमा २.०२ प्रतिशतको गिरावट आएको थियो।

हिजो धेरै कारोबार गर्ने कम्पनीहरु:

हिजो नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ५३ लाख ७९ हजार ८६० कित्ता सेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ रुपैयाँमा किनबेच भएका छन्।

हिजो प्रभु बैंकको सर्वाधिक ९ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बंगलादेश बैंकको ७ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको आज समृद्धि फाइनान्सको ६ करोड ९५ लाख रुपैयाँ, अपी पावरको ६ करोड ८७ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ६ करोड २६ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ६ करोड २६ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड २४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ४७ लाख रुपैयाँ र एनआईसी एसिया लघुवित्तको संस्थापक सेयरको ५ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको थियो।

धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:

हिजो नेपाल बंगलादेश बैंकका सेयरधनीहरु मालामाल भएका थिए । यो बैंकको सेयर भाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट नै लागेको छ।

हिजो ग्रिनलाइफ हाइड्रो र मैलुङ खोला जलविद्युत सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको थियो।

IME Life
kumari