stcnepal long ad
global ime bank long

फिनल्याण्डको आम–निर्वाचनमा दक्षिणपन्थी पार्टीको बहुमत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

फिनल्याण्डमा  सम्पन्न भएको आम निर्वाचनबाट दक्षिणपन्थी पार्टीहरुलाई बहुमत प्राप्त भएको छ । कुनै पनि एकल पार्टीले बहुमत प्राप्त गर्न असफल भए पनि दक्षिणपन्थी र मध्य दक्षिणपन्थीहरुको सरकार बन्ने निश्चित भएको हो ।

मध्य दक्षिणपन्थी पार्टी नेशनल कोअलिसन पार्टीले सबै भन्दा बढी २० दशमलव ८ प्रतिशत मत प्राप्त गरेको छ । अति दक्षिणपन्थी द फिन्सले २० प्रतिशत मत प्राप्त गरेको छ । प्रधानमन्त्री सान्ता मरिनको सोसल डेमोक्रेट्स पार्टीले १९ दशमलव ९ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा झरेको छ ।

२ सय सिटका लागि भएको निर्वाचनमा कुनै पनि दल बहुमत प्राप्त गर्न भने असफल भएका छन् । नेशनल कोअलिसन पार्टीका नेता पिटिरो ओर्पोले आफ्नो दललाई सबै भन्दा ठूलो जनादेश प्राप्त भएको भन्दै आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद थाल्ने बताएका छन् । युरोपेली देशहरुमा नै कान्छो उमेरकी ३७ वर्षीय प्रधानमन्त्री मरिनले पराजय स्वीकार गर्नुभएको छ ।

IME Lifesidebar
kumari