stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उद्योगको उत्पादकत्व बढाउने सम्बन्धी सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच उद्योग विकासका लागि इकोसिस्टमको विकास गरी उद्योगको उत्पादकत्व बढाउने सम्बन्धी सम्झौता भएको छ ।

राजधानीको माइतीघरस्थित महासङ्घ सचिवालयमा आइतबार आयोजित एक समारोहका बीच दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको इकोसिस्टम विकास गरी उत्पादकत्व वृद्धि गर्ने क्रममा इन्टरभेन्सनका रूपमा हाललाई कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका उद्योगबीचको इकोसिस्टम विकास गर्न पहल गर्ने सम्झौता भएको हो ।

प्रत्येक प्रदेशबाट उत्पादनमूलक, कृषि र सेवा तीन क्षेत्रका दुई–दुईवटा कम्पनीको छनोट गरी सातवटा प्रदेशका ४२ वटा कम्पनीको इकोसिस्टम विकास गर्न कार्य गरिने सो अवसरमा बताइएको छ ।

उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीहरूको इकोसिस्टम विकास गरी सफल उद्यम बनाउने पाइलट परियोजना सञ्चालन गर्ने सम्झौताको उद्देश्य रहेको महासङ्घका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।

महासङ्घ र प्रतिष्ठान मिलेर देशमा औद्योगिक सम्बन्ध र उद्यमशीलता प्रवद्र्धन गर्न पहल गरी औद्योगिक वातावरण प्रवद्र्धन गर्न नीति अनुसन्धानमा कार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

यस्तै औद्योगिक सम्बन्ध विकासका लागि व्यवसायीको इकोसिस्टम विकास गर्ने क्षेत्रमा सहकार्य गर्ने प्रतिष्ठानका अध्यक्ष डा। नवराज खतिवडाले बताउनुभयो ।

सम्झौताअनुसार उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीको इकोसिस्टम विकास गरी उत्पादकत्व बढाउने क्रममा नेपाल सरकारका निकायहरू तथा राष्ट्रियरअन्तर्राष्ट्रिय निकाय सङ्घसंस्था तथा मञ्चहरूमा प्रतिष्ठान र महासङ्घले एकअर्काको उपस्थितिलाई सफल बनाउन प्रयत्न गर्ने महासङ्घले जनाएको छ ।

सम्झौता कार्यक्रममा प्रतिष्ठानका बहु–विषयक अनुसन्धान विशेषज्ञ प्राडा राजकुमार भट्टराई तथा कार्यकारी निर्देशक डा. शङ्कर श्रेष्ठ, महासङ्घका महिला उद्यमी समिति सभापति रोशनी उपाध्याय, महासङ्घका उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डेलगायतको सहभागिता रहेको थियो ।

prabhu mahalaxmi
kumari