citizens life insurance long ad
stcnepal long ad

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

Nimb long ad
Prabhu Insurance Long Ad

बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ ।

यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षाअन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

आँधीको अप्रत्यक्ष प्रभावका कारण  पछिल्ला दिनमा श्रीलङ्काका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि देशका धेरै क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।

IME Life
kumari