stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरोना भ्याक्सिन १० हजार जनामा परीक्षण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल  काठमाडौं 

नयाँ कोरोनाभाइरस कोभिड-१९ विरुद्धको खोप बनाउन जुटिरहेका बेलायतका अनुसन्धानकर्ताहरुले परीक्षणको माथिल्लो चरणमा प्रवेश गरेको बताएका छन् ।

अनुसन्धानकर्ताहरुले खोपको प्रभावकारीता जाच्न १० हजार जनामा एकैपटक परीक्षणलाई विस्तार गर्न लागेका हुन् । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक अनुसन्धानकर्ताहरुले गत महिना एक हजार जना स्वयंसेवकमा खोपको प्रारम्भिक परीक्षण गरेका थिए ।

अब वैज्ञानिकहरुले जेष्ठ नागरिक र बालबालिका समेत गरी १० हजार २६० जनामा खोपको परीक्षण गर्दैछन् । अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले खोपको यो चरणको परीक्षण सफल हुनेमा निकै आशावादी रहेको बताएका छन् ।

कोरोनाभाइरस स्वास्थ्य महामारी बनिरहँदा यूरोप, अमेरिका, चीन लगायत विश्वका एक दर्जन भन्दा बढी देश र संस्थाहरुले फरक-फरक प्रविधी र ढाँचाबाट परीक्षण गरिरहेका छन् ।

भाइरसको संक्रमणबाट ३ लाख ४० हजार हाराहारीमा मानिसहरुको ज्यान गइसकेको अवस्थामा परीक्षण सफल भएमा यसै बर्षको अन्त्य सम्ममा खोप आममानिसहरु सम्म पुग्ने अपेक्षा गरिएको छ ।।

IME Lifesidebar
kumari