stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

ओसाका विश्वकै धेरै कमाउने महिला खेलाडी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल काठमाडौ ।

विश्व टेनिसमा दुई पटक ग्राण्ड स्लाम उपाधि जित्न सफल भएकी जापानी टेनिस खेलाडी नाओमी ओसाका विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने महिला खेलाडी बन्न सफल भएकी छन् ।

फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वभरका महिला खेलाडीहरुको आम्दानीको सूचीमा ओसाकाले यस अघिकी सर्वाधिक धेरै कमाउने अमेरिकी टेनिस खेलाडी सरिना विलियम्सलाई पछाडी पारेकी हुन् ।

पत्रिकाका अनुसार ओसाकाले विगत १२ महिनाको अवधिमा खेलबाटै ३ करोड ७४ लाख अमेरिकी डलर आम्दानी गरेकी छिन् । उनको यो कमाइ अर्की टेनिस सुन्दरी सरिनाको भन्दा १५ लाख डलरले बढी हो ।

ओसाका र सरिना अघी रुसकी विश्व चर्चित टेनिस खेलाडी मारिया सारापोभा धेरै कमाइ गर्ने महिला खेलाडी बनेकी थिइन् ।

विश्वभरीकै एक शय धेरै कमाउने खेलाडीहरुको सूचिमा भने ओसाका २९औ र सरिना ३३औ स्थानमा परेका छन् ।।

prabhu mahalaxmi
kumari bank
kumari