थप ३२ जनामा कारोना संक्रमण पुष्टि, कुल संख्या ५४८

आर्थिक सञ्जाल काठमाडौं ।
नेपालमा शनिबार बिहानै ३२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार काठमाडौं, चितवन र भैरहवाको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ३२ जनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
संक्रमितमा कपिलवस्तुका ८, सर्लाहीका १३, रुपन्देहीका ८, बाराका एक जना, काठमाडौंका एक जना र चितवनका एक जना भएको बताइएको छ ।
हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर अवस्थामा उपचाररत रहेका छन् ।