stcnepal long ad
ime life insurance
national life
global ime bank long

थप ३२ जनामा कारोना संक्रमण पुष्टि, कुल संख्या ५४८

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल काठमाडौं ।

नेपालमा शनिबार बिहानै ३२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार काठमाडौं, चितवन र भैरहवाको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ३२ जनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

संक्रमितमा कपिलवस्तुका ८, सर्लाहीका १३, रुपन्देहीका ८, बाराका एक जना, काठमाडौंका एक जना र चितवनका एक जना भएको बताइएको छ ।

हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर अवस्थामा उपचाररत रहेका छन् ।

IME Lifesidebar
kumari