citizens life insurance long ad
stcnepal long ad

हिमालयन डिस्टिलरी लिमिटेडले सिंगल मल्ट ह्विस्की ‘श्लोक’ सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । हिमालयन डिस्टिलरी लिमिटेडले सिंगल मल्ट ह्विस्की ‘श्लोक’ सार्वजनिक गरेको छ।हिमाली पहिचान, स्थानीय शिल्पकला र परिष्कृत ह्विस्की निर्माण प्रविधिको संयोजनमार्फत यो उत्पादन तयार गरिएको कम्पनीले बताएको छ।

नेपालको ह्विस्की उत्पादन यात्रामा यसले नयाँ अध्याय थपेको कम्पनीको भनाइ छ। यससँगै कम्पनीले आफ्नो श्लोक ब्रान्ड पोर्टफोलियोलाई थप विस्तार गरेको छ। यस पोर्टफोलियोमा यसअघि श्लोक ह्विस्की र श्लोक हिमालयन प्रिमियम रम समावेश थिए।

कम्पनीका अनुसार श्लोक सिंगल माल्टको विशिष्ट पहिचान यसको ओलोरसो शेरी कास्कमा गरिएको फिनिसिङ हो, जसले यसको स्वादमा गहिराइ, जटिलता र समृद्धि थपेको छ।

विशेष रूपमा छनोट गरिएका ओलोरसो शेरी कास्कमा परिपक्व गरिएको यस ह्विस्कीमा सुक्खा फलफूल, हल्का मसला, बदाम तथा चकलेटका स्वादको संयोजन पाइन्छ।

कम्पनीका अनुसार श्लोक सिंगल मल्टको रङ महजस्तै सुनौलो रहेको छ। यसको सुगन्धमा सुक्खा फलफूल, खजुर, भेनिला र हल्का मसलाका साथै बदाम तथा चकलेटको मधुर झल्को पाइन्छ।

स्वादमा यो नरम र समृद्ध छ, जसमा फलफूलको प्राकृतिक मिठाससँगै आलुबखडा, कालो चेरी र भुटेको बदामको स्वाद अनुभव गर्न सकिन्छ।

उत्पादनको प्रिमियम पहिचान झल्काउने गरी श्लोक सिंगल माल्टलाई आकर्षक डिजाइनको बोतलमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

७५० मिलिलिटरको बोतलमा उपलब्ध श्लोक सिंगल मल्ट ह्विस्कीमा ४२.८ प्रतिशत अल्कोहल मात्रा रहेको छ भने यसको बजार मूल्य ७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।

IME Life
kumari