नेशनल लाइफ इन्स्योरेन्सको बिराटनगर शाखामा आवद्ध उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बिराटनगर शाखामा आवद्ध उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका छन् ।
आर्थिक वर्ष २०८२/०८३मा अत्यन्तै मेहनत का साथ विभिन्न बिधामा उत्कृष्ट हुँदै बिराटनगर शाखामा आयोजित वार्षिक कार्यक्रम अनुसार शाखा प्रमुख अमित कुमार कर्ण ज्युको अध्यक्षतामा अभिकर्ता सम्मान कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका हुन् ।
बिराटनगर अवस्थित कन्चनजङ्घा ब्यान्क्वेट्मा शनिबार आयोजित कार्यक्रममा व्यक्तिगत व्यापारतर्फ प्रथम लता लाभ , दोस्रो निरन्जन मल्लिक र केशव प्रसाद भट्टराई सम्मानित भएका हुन।
सञ्जालतर्फ प्रथम हुन सफल चन्दा कुमारी रबिदास, दोस्रो साहिल टेलर र तेस्रोमा सगमलाल चौधरी सम्मानित भएका छन् । सम्मानित अभिकर्ताहरुलाई कम्पनिका प्रदेश प्रमुख नरेन्द्र कुमार राईबाट प्रमाण पत्र तथा ट्रफी वितरण गरिएको थियो ।
कार्यक्रममा हरेक महिना सर्बोत्कृष्ट ब्यापार गर्ने १२ जना अभिकर्ताहरुलाई टप अफ द मन्थबाट पुरस्कृत गरिएको छ । कार्यक्रममा कोशि प्रदेश प्रमुख नरेन्द्र राईले बीमा व्यवसाय उत्कृष्ट पेसा रहेको बताउँदै कम्पनीको व्यवसाय बृद्धिमा अभिकर्ताको महत्वपुर्ण भूमिका रहेको जनाए ।
कार्यक्रममा ट्रेनर डा. बिपि रेग्मीले आफ्नो तालिमबाट सम्पुर्णलाई इक्छाशक्ति प्रबल भए अवश्य पनि सफल हुने प्रेरणादायी तालिम र बीमा व्यवसायमा सफल कसरी हुने समेत उत्प्रेरणा दिए ।























