prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

उत्तर कोरियाद्वारा २ वटा क्रुज क्षेप्यास्त्र परीक्षण

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियन प्रायद्धीपमा संयुक्त सैन्य अभ्यास गर्नु अघि नै उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

सोमबार बिहानै उत्तर कोरियाले दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले नेता किम जोङ उनले शत्रुहरुको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिए लगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको हो ।

अमेरिका र दक्षिण कोरियाको १० दिने सैन्य अभ्यास पनि सोमबारदेखि नै सुरु भएको छ ।त्यस्तो सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित गरिएको भन्दै आएको छ ।

२९ फागुन २०७९, सोमवार ०९:३३ बजे प्रकाशित

NTA long ad
stcnepal long ad