चैत १६ गते प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा

काठमाडौं । चैत १६ गते प्रुडेन्सियल इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ३.३२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.१७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । साधारण सभा दियालो लर्डस् प्लाजा, वीरगञ्ज पर्सामा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत २ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
हाल प्रुडेन्सियल इन्स्योरेन्स आइएमई जनरल इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ । मर्जरका लागि दुई कम्पनीलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति पनि दिएको छ ।
२९ फागुन २०७९, सोमवार १०:०० बजे प्रकाशित