citizens life insurance long ad
stcnepal long ad

युक्रेनको महत्वपूर्ण नून खानी शहर नियन्त्रणमा लिएको रूसको दावी

Nimb long ad
Prabhu Insurance Long Ad

रुसले युक्रेनका महत्वपूर्ण नून खानी खानी रहेको शहर नियन्त्रणमा लिन सफल भएको दावी गरेको छ ।

रुसले लामो समयको युद्धपछि युक्रेनको नून खानी रहेको शहर आफ्नो नियन्त्रणमा लिएको दावी गरेको हो । यो सफलताले युक्रेनमाथिको विजयको महत्वपूर्ण खुड्किलो भएको रुसी अधिकारीहरुले दावी गरेका छन् ।

तर युक्रेनका अधिकारीहरुले भने युद्ध जारी रहेको भन्दै सोही शहर रूसको कब्जामा नरहेको बीबीसीले उल्लेख गरेको छ ।

तुलनात्मक रुपमा कम जनसंख्या भएको सोही शहर रुसी सेनाको कब्जमा नरहेको युक्रेनी अधिकारीहरुको भनाइ छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्ना नागरिकलाई सम्बोधन गर्दै आफ्नो शहर रुसी सेनाको कब्जामा नरहेको बताउनुभयो । उहाँले आफ्ना सुरक्षा अधिकारीहरुले मुलुकको सुरक्षा गरिरहेको भन्दै प्रशंसा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

रुसले नियन्त्रणमा लिएको भनिएको सोही शहरमा रहेका महिला तथा बालबालिकालाई सुरक्षित स्थानमा सार्न पनि राष्ट्रपति जेलेन्स्कीले निर्देशन दिनुभएको छ ।

IME Life
kumari