evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

एकीकृत जाँच चौकीमा आउन थाल्यो डस्टी कार्गो

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौँ । वीरगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) मा डस्टी कार्गो आउन थालेको छ । पुस २४ गतेदेखि आईसीपीमा डस्टी कार्गो (मल, कोइला, क्लिङ्कर, जिम्पस आदि) भित्रिन सुरु गरेको हो । यसअघि भारतको रक्सौलसम्म रेलमा ल्याएको सामान त्यहाँबाट ट्रकमा हालेर आईसीपीसम्म ल्याउने गरिएकामा अब सिधै रेलबाट आईसीपीसम्म ल्याउन थालिएको हो । यसले गर्दा छिटो र लागतसमेत कम लाग्ने अनुमान गरिएको छ ।

वीरगञ्ज एकीकृत जाँच चौकीका प्रमुख कमल ज्ञवालीले भारतको रक्सौलदेखि सिधै आईसीपीसम्म डस्टी कार्गो आउन सुरु गरेको जानकारी दिनुभयो । गत आइतबारदेखि कोइला, मललगायतका सामान (डस्टी कार्गो) आउन सुरु गरेको उहाँले बताउनुभयो । यसले आईसीपी पूर्ण रूपमा प्रयोगमा आई व्यवस्थित हुने उहाँले बताउनुभयो ।

गत आइतबारदेखि शुक्रबारसम्म आईसीपीसम्म रेलमा ल्याएको र त्यहाँबाट कोइला बोकेका १७६ गाडी र मल बोकेका १४१ गाडी बाहिरिएको उहाँले जानकारी दिनुभयो ।

भारतको रक्सौलदेखि नेपालको पुरानो भन्सार हुुँदै नेपाल भित्रिने डस्टी कार्गोका लागि वीरगञ्ज सुक्खा बन्दरगाहभित्र ट्रेनको ट्र्याक स्थानान्तरण गरी सो कार्गो हेन्डलिङका लागि संरचना तयार भएको कार्यालयले जनाएको छ ।

नेपाल आउने डस्टी कार्गो रक्सौलमा हेन्डलिङ भएर नेपाल आउने गरेकामा अब रेलबाट सिधै वीरगञ्ज सुक्खा बन्दरगाहमा आएर हेन्डलिङ हुने भएकोे कार्यालयले जनाएको छ ।

यसका लागि ट्रेनको ट्र्याक स्थानान्तरण गरिएको कार्यालयले जनाएको छ । हालसम्म डस्टी कार्गो भारतको रक्सौलमा हेन्डलिङ भई ट्रक मार्फत आउने नेपाल आउने गरेको थियो ।

यसबाट नेपालमा रोजगारी बढ्नुका साथै व्यवसायीलाई लागत कम पर्ने कार्यालयले जनाएको छ । भारतसँगै अन्य देशबाट डस्टी कार्गो आउने गरेको छ ।

वीरगञ्ज महानगरपालिकाबाट सहमति लिई व्यवसायीलाई समेत जानकारी गराएको कार्यालयले जनाएको छ । खरानी, कोइला, मल, क्लिङ्कर, जिप्सन, नुन, फलामलगायतका सामान डस्टी कार्गोका रूपमा आउने गरेको छ । भारतबाट सिधै रेलमा आएको सामान आईसीपीमा झारेर ट्रकबाट अन्य ठाउँमा पठाइनेछ ।

आईसीपीभित्र सानो ठाउँ भएकाले सबै प्रकारका सामान एकै ठाउँमा राख्न उपयुक्त नहुने बताइएको छ । कार्गोमार्फत भारतलगायत तेस्रो मुलुकबाट विभिन्न प्रकारका सामान नेपालमा भित्रिने गरेको छ ।ट्रे

himalayan life insurance long ad
igi long