sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कोप सम्मेलनमा चीन र रुसका राष्ट्रपति अनुपस्थित भएकोमा बाइडनको आलोचना

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सम्बन्धी कोप २६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन्।

मङ्गलवार राति कोप २६ मा बोल्दै बाइडनले जलवायु’एउटा ठूलो मुद्दा’ भएको र चीन त्यसबाट ‘टाढिएको’ बताएका हुन्। बाइडनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाएका छन्।

ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन्। तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन्।

विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ। रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ। यो सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेताहरू उपस्थित भएका छन्।

gold
prabhu bank
nawakantipur long