यमपञ्चकको दोस्रो दिन आजबाट तिहार शुरू काग र कुकुर पुजा गरिदै

काठमाडौं । यस वर्षको तिहारको दोस्रो दिन आज नेपालीहरूको घर–घरमा विहान ७:१४ बजेसम्म काग पुजा गरिएको छ। विहान ७:१५ बजेपछि कुकुरको पूजा गरिँदैछ ।
हिजो बेलुकी यमदीपदान सुरु भएपनि तिहार भने आजदेखि सुरु भएको पञ्चांग निर्णायक समितिले जानकारी दिएको छ । मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिले जनाएको छ ।
बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । आज बुधबार बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि थियो । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको छ ।
सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो। तिथिका कारण यस्तो हुन गएको पञ्चाङ्ग समितिले जनाएको छ ।
आज बिहान पहिले कागलाई निमन्त्रणा गरेर खाने कुरा दिइयो । यमदूतका रुपमा कागलाई पूजा गर्ने गरिन्छ । कागले फोहोर खाएर घरगाउँ वरपर सफा पार्ने गर्दछ। काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त हो ।
युगान्तरमा कागले सन्देश र सूचना प्रभा गर्ने काम गरेकाले अहिले पनि कागलाई हामीले वर्षमा एकदिन भएपनि पूजा गर्ने गरिन्छ । सबै पक्षीमध्ये चेष्टा राख्ने भनेको काग हो । त्यसैले भनिन्छ, विद्यार्थीमा पनि कागको जस्तो अध्ययन गर्ने चेष्टा हुनुपर्छ ।
घरको सुरक्षा र रक्षा गर्ने कुकुरले हो । त्यसैले सहरमा अहिले कुकुर पाल्ने चलन बढेको छ । कुुकुर पनि यमराजको भक्त हो । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । अपराधको अनुसन्धान र अध्ययन अनुसन्धानको काममा पनि कुकुरको प्रयोग गरिन्छ ।
गृह र देशको रक्षाका काममा कुकुरको आवश्यकता बढ्दो छ । त्यसैले हरेक वर्ष एकदिन भए पनि कुकुरको पूजा गर्ने गरिन्छ । भोली कार्तिक १८ गते बिहीबार लक्ष्मीपूजा अर्थात तिहारको मुख्य दिन भएकाले आजदेखि सबैले आफ्नो घर सफा गर्ने, घरभित्र रहेको मन्दिरका सजावट गर्ने र घरमा दिपमालिका गर्ने गरिन्छ ।
शुक्रबार गोवर्द्वन पुजा,म्हस् पुजा र न्ह्ुदंयाया भिन्तुना ११४२ तथा शनिबार भाइ टीका रहेको छ। व्यापारीहरूका लागि आइतबार पनि भाइ टिकाको विदा दिइएको छ।