अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्मकै धेरै क्षेत्रफल भूभागमा वन डढेलो
Spot fires burn on a hillside caused by a lightning strike along Marsh Creek Road in Brentwood, Calif., on Monday, Aug. 17, 2020. California firefighters battled destructive wildfires Monday as a lengthening heat wave roasted the state. (Jose Carlos Fajardo/Bay Area News Group via AP)
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यमा यस वर्ष अहिलेसम्मकै धेरै क्षेत्रफल भूभागमा वन डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि ठूलो संख्यामा अग्नी नियन्त्रणकहरु खटिएका छन् तर अझै पनि डढेलो नियन्त्रण हुन भने सकेको छैन ।
अमेरिकाको वन तथा अग्नी नियन्त्रण विभागका अनुसार २० लाख एकडभन्दा बढी भूभाग वन डढेलो सखाप पारेको छ । डढेलोले सखाप पारेको क्षेत्र अमेरिकाका अर्को राज्य डेलावेर भन्दा पनि ठूलो क्षेत्रफल हो ।
एउटा पार्टीबाट लागेको डढेलो ७ हजार एकडसम्म फैलिएको अधिकारीहरु बताएका छन् । आगलागीकै कारण हाल क्यालिफोर्नियामा अत्यधिक गर्मी महसुस गरिएको छ । लस एन्जल्स काउन्टीमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरियो ।
सो क्षेत्रमा आइतबार ४९ दशमलब ४ डिग्री सेन्टिग्रेड तापक्रम मापन गरिएको हो । यद्यपी मंगलबारदेखि तापक्रम घट्ने अनुमान गरिएको छ । तर शक्तिशाली हावाहुरी आउन सक्ने भन्दै त्यसले डढेलो अझै फैलन सक्ने भन्दै त्यहाँको राष्ट्रिय मौसम सेवाले आम सर्वसाधारणलाई सचेत गराएको छ ।
क्यालिफोर्निया राज्यका २४ स्थानमा लागेको आगलागी नियन्त्रणका लागि १४ हजारभन्दा बढी अग्नी नियन्त्रकहरु निरन्तर रुपमा खटिएका छन् ।(

























