stcnepal long ad
global ime bank long

कालोपोथीका निर्देशक भामले बहूपति प्रथामा चलचित्र निर्माण गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

चर्चित अन्तर्राष्ट्रिय चलचित्र अवार्ड ओस्कारबाट सम्मानित नेपाली चलचित्र कालो पोथीका निर्देशक मिनबहादुर भामले कर्णालीमै अर्को चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।

हुम्लाको सदरमुकाम सिमकोटमा प्रयत्न नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा निर्देशक भामले उक्त घोषणा गरेका हुन् । नयाँ चलचित्रको सामुदायिक अध्ययनका लागि हुम्ला पुगेका निर्देशक भामले आफुले निर्माण गर्ने नयाँ चलचित्रको विषयवस्तु हिमाली क्षेत्रका लामा समुदायमा प्रचलित बहुपति प्रथामा आधारित हुने बताए ।

तिब्बतीयन संस्कृति र त्यसमा भएको बहुपतिप्रथाको भित्रि पाटोलाई लिएर अबको चलचित्र निर्माण गर्ने योजना बनाएको भामको भनाइ छ ।

प्रतिनधिसभाका सदस्य छक्कबहादुर लामाले छायांकन तथा कर्णालीको मुगु र समग्र नेपालकै शिर उचो पार्न सफल निर्देशक भामले हुम्लामा छायांकन गर्न लागेको चलचित्रमा आफुहरुले सबै प्रकारको सहयोग गर्ने बताउनुभयो ।

IME Lifesidebar
kumari