stcnepal long ad
global ime bank long

ट्रम्पको अफगानिस्तान सम्बन्धी टिप्पणीले नाटो मित्रराष्ट्रहरू आक्रोशित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान युद्धका क्रममा नाटोका सहयोगी सेनाहरू अग्रपंक्तिमा नलडेको दाबी गरेपछि नाटोका मित्रराष्ट्रहरू आक्रोशित भएका छन् ।

स्वीट्जरल्यान्डको डाभोसमा फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकालाई आवश्यक पर्दा नाटो देशहरूले साथ दिनेमा आफू आश्वस्त नभएको बताएका थिए ।

ट्रम्पले अफगानिस्तानमा नाटो सेनाले पछाडि बसेर लडेको आरोप लगाए पनि तथ्यांकअनुसार २० वर्षे युद्धमा करिब ३,५०० सहयोगी सैनिकको ज्यान गएको बीबीसीले जनाएको छ, जसमा २,४५६ अमेरिकी र ४५७ बेलायती सैनिक थिए । सानो जनसंख्या भएको डेनमार्कले पनि ४० भन्दा बढी सैनिक गुमाएको थियो ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मरले ट्रम्पको अभिव्यक्तिलाई अपमानजनक र निन्दनीय भन्दै माफी माग्नुपर्ने बताएका छन् । नाटो महासचिव मार्क रुट्टेले पनि युरोपेली देशहरूले अमेरिका आक्रमणमा परे साथ दिने स्पष्ट पारेका छन्, र अफगानिस्तानमा त्यसको उदाहरण देखिएको बताएका छन् ।

यसैबीच, ह्वाइट हाउसले ट्रम्पको अभिव्यक्तिको बचाउ गर्दै नाटोका लागि अमेरिकाले सबैभन्दा बढी योगदान दिएको दाबी गरेको छ । अफगानिस्तानमा दुईपटक खटिएका प्रिन्स ह्यारीले भने नाटो सैनिकहरूको बलिदानलाई सम्मानका साथ स्मरण गर्नुपर्ने बताएका छन् ।

IME Lifesidebar
kumari