stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइदैछ । २०१८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको  रूपमा घोषणा गरे  अनुसार हरेक बर्ष जनवरी २४ मा विश्वभर शिक्षा दिवस मनाउने गरिन्छ ।

नेपालमा हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने गरिन्छ । यस बर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा ‘शिक्षाको सह–सिर्जनामा युवा शक्ति’ भन्ने रहेको छ ।

यसले परिवर्तनको सक्रिय एजेन्टको रूपमा युवाहरुको भूमिकालाई बुझ्दै भविष्यका लागि तयार, समावेशी शिक्षा प्रणालीहरूको डिजाइन, कार्यान्वयन र शासनमा युवाहरूलाई प्रमुख साझेदारको रूपमा उकास्ने कुरामा केन्द्रित गरेको छ ।

युनेस्कोको एक आँकडा अनुसार आज, २५ करोड बालबालिका र युवाहरू विद्यालय बाहिर छन् भने विश्वमा ७६ करोड ३० लाख वयस्कहरू निरक्षर छन्। उनीहरू शिक्षाको अधिकारबाट अझै पनि बन्चित रहेका छन् ।

prabhu mahalaxmi
kumari