stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

श्रीकृष्ण बेभरेजको पानीमा एमोनिया

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँका पानी आपूर्तिकर्ताले वितरण गर्ने पिउने पानीमा एमोनिया पाइएको र सरसफाइमा लापर्बाही भेटिएको जनाएको छ ।

विभागको टोलीले भक्तपुरस्थित श्रीकृष्ण बेभरेजले उत्पादन गरेर बजारमा पठाएको पानीको परीक्षण गर्दा एमोनिया पोजेटिभ भएको फेला परेको हो ।

विभागका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–९ मा पर्ने गोठाटार क्षेत्रका विभिन्न खाद्य उद्योग र व्यवसायको अनुगमन गरेर जारको पानी परीक्षण गर्दा एमोनिया पोजेटिभ भेटिएपछि थप परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । अनुगमनका क्रममा उक्त उद्योगमा काम गर्ने श्रमिकले हातमा पन्जासमेत नलगाई जार भर्ने गरेकोसमेत पाइएको थियो ।

त्यसै गरी शीतल जल उद्योगमा श्रमिकको व्यक्तिगत सरसफाइ पर्याप्त नभएको र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका अनुसारको अभिलेख नराखेको पाइएको छ । विभागले उक्त उद्योगलाई  पुराना र  कुच्चिएका जार  प्रयोग नगर्न र सरसफाइमा सुधार गर्न निर्देशन दिएको छ ।

विभागले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीलाई सचेत गराउँदै देखिएका कैफियत तत्काल सुधार गर्न कडा निर्देशन दिएको जनाएको छ ।

मोबाइल खाद्य प्रयोगशाला भ्यानबाट गरिएको परीक्षणमा पानीमा एमोनिया भेटिएको श्रीकृष्ण बेभरेजलाई कारबाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

विभागका निर्देशक डा. बालकुमारी शर्माले सम्बन्धित पानी उद्योगलाई प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ मा भएका प्रावधान पूर्ण रूपमा पालना गर्न र खाद्य स्वच्छता कायम गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari