citizens life insurance long ad

इरानले नाकाबन्दी तोड्न खोजेको भन्दै अमेरिकी सेनाद्वारा जहाजमा मिसाइल प्रहार

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

इरानतर्फ जान खोजेको आरोपमा अमेरिकी सेनाले पानामा झण्डावाहक कार्गो जहाज ‘भेला नोभा’ माथि दुईवटा हेलफायर मिसाइल प्रहार गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार जहाजले पटक–पटक दिइएको चेतावनी बेवास्ता गर्दै ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ अघि बढेपछि आक्रमण गरिएको हो।

मिसाइल प्रहारबाट जहाजको इन्जिन र स्टियरिङ प्रणालीमा क्षति पुगेको अमेरिकी सेनाले जनाएको छ। आक्रमणमा चालक दलका सदस्य घाइते भए वा नभएकोबारे भने जानकारी दिइएको छैन।

अमेरिका र इरानबीचको युद्धमा केही समयदेखि देखिएको शान्तिका बीच यो घटना भएको हो। दुवै देशबीच पुनः वार्ता गराउने प्रयास भइरहे पनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन।

यसैबीच, इरानले अमेरिका आफ्नो व्यवहार परिवर्तन नगरेसम्म होर्मुज जलमार्ग नखोल्ने चेतावनी दिएको छ। विश्वको समुद्री जीवाश्म इन्धन व्यापारको ठूलो हिस्सा यही महत्वपूर्ण जलमार्ग हुँदै हुने गर्छ।

युद्ध अन्त्यका लागि मध्यस्थताको प्रयासस्वरूप पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी पनि मंगलबार तेहरान पुगेका छन्।

IME Lifesidebar
kumari