stcnepal long ad
global ime bank long

प्रभु महालक्ष्मी इन्स्योरेन्सको व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५५ सम्म छुट दिने घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ ।

कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने भएको हो ।

कम्पनीले व्यतित भएका बीमालेखहरु २०८३ भदौ १२ गतेदेखि भदौ ३१ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा २ वर्षभित्र व्यतित भएका बीमालेखहरुमा ७५ प्रतिशत २ देखि ३ वर्ष अवधिसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत र ३ वर्ष भन्दा बढी व्यतित बीमालेखहरुमा २५ प्रतिशत विलम्ब शुल्क (ब्याज) मा छुट गर्ने जनाएको छ ।

यस योजनामा समावेश भइ पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पन गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्कको छुटको सम्पुर्ण रकम कट्टा गरिनेछ । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् ।

IME Lifesidebar
kumari