बन्धक नछुटे युद्ध रोकिँदैन: इजरायल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

जेरुसेलम । इजरायलका शीर्ष जनरल इयाल जमिरले चेतावनी दिएका छन्। यदि गाजामा रहेका बन्धकहरूको छिटो रिहाइबारे सम्झौता हुन सकेन भने युद्ध जारी रहने उनको भनाइ छ।

लेफ्टिनेन्ट जनरल जमिरले गाजाका अधिकारीलाई सम्बोधन गर्दै भने, ‘बन्धकहरूको रिहाइमा सहमति नभएसम्म लडाइँ रोकिन्न।’ उनले सेनाको कमान्ड सेन्टरमा सैनिक र अधिकारीहरूसँगको भेटघाटको भिडियो पनि सार्वजनिक भएको छ।

यसैबीच, प्यालेस्टिनी सशस्त्र समूहहरूले यस हप्तामात्रै बन्धकहरूको दुईवटा भिडियो सार्वजनिक गरेका छन्। अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा युद्धविराम र बन्धकको रिहाइका लागि वार्ता भए पनि हालसम्म सहमति हुन सकेको छैन। अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्न दबाब दिइरहेका छन्।

IME Lifesidebar
kumari